GBIME
IME Life

वर्ष भरमा पुल र सडक निर्माणमा सडक विभागले खर्चियो ७२ अर्ब रूपैयाँ, थपिए २०२ नयाँ पुल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक वर्षको अवधिमा सडक विभागले कुल ७२ अर्ब ६१ करोड रूपैयाँ लगानीमा २०२ वटा पुल र १ हजार २५१ किलोमिटर सडक बिस्तार गरेको छ। विभागका अनुसार गत अार्थिक वर्ष २०८०।८१ मा देशभरको विभिन्न स्थानमा सडक विभाग मातहतका सडक निर्माण गरिएकोमा ७५६ किलोमिटर कालो पत्रे सडक बिस्तार गरिएको छ।

विभागका अनुसार कुल १ हजार २५१ किलोमिटर सडक थपिएकोमा ग्रावेल स्तरको सडक ४०० किलोमिटर र माटे सडक १५० किलोमिटर निर्माण गरिएको छ।

SKYWELL
Crest

विभागका अनुसार सडक निर्माणमा माटे सडकका लागि गत आर्थिक वर्षमा १५० किलोमिटर सडक निर्माणको लक्ष्य राखिएकोमा १६७ किलोमिटर सडक निर्माण हुँदा लक्ष्यभन्दा ११.३३ प्रतिशत बढी प्रगती भएको थियो। कच्ची सडकको निर्माणमा वार्षिक लक्ष्य पार गरेपनि ग्रावेलस्तरको सडक निर्माणमा ८२ र कालोपत्र सडकको निर्माणमा ७९ प्रतिशत मात्र प्रगती हासिल भएको छ।

गत आवमा विभागले २५० किलोमिटर सडक मर्मत संभार समेत गरेको छ। अघिल्लो आवमा मर्मत संभार गरिएको सडकको लम्बाइको तुलनामा यो पचास प्रतिशतभन्दा पनि कम हो । अघिल्लो आवमा विभागले ५३८ किलोमिटर सडक मर्मत संभार सम्पन्न गरेको थियो ।

गत आर्थिक वर्षमा कुल १५० वटा पुल निर्माणको लक्ष्य राखिएकोमा २०२ वटा पुलको निर्माण कार्य सम्पन्न भएको थियो । अघिल्लो आव २०७९।८० मा विभागले २२२ वटा पुलको निर्माण गराएको थियो ।

आर्थिक वर्ष २०८०।८१ मा सडक विभागको कार्य सम्पादन प्रगती विवरण
आर्थिक वर्ष २०८०।८१ मा सडक विभागको कार्य सम्पादन प्रगती विवरण । श्रोतः सडक विभाग।

विभागले प्रकाशन गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० मा विनियोजित बजेटको कुल ६८.३९ प्रतिशत अर्थात ८२ अर्ब ४७ करोड रूपैयाँ सडक र पुल निर्माण कार्यमा लगानी भएको थियो ।

यसैगरी अघिल्लो आर्थिक वर्षमा सडक सञ्जालमा कालोपत्रे, ग्राभेल र कच्ची सडक समेत गरी कुल १ हजार ६९१ किलोमिटर सडक थपिएको थियो । यो मध्ये ६२८ किलोमिटर ग्राभेल, २४३ किलोमिटर कच्ची सडक निर्माण गरिएको थियो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS