GBIME
IME Life

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा सवा ३ अर्ब माथि, साढे २६% लाभांश क्षमता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा बैंकले ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा ४.५१ प्रतिशतको संकुचन आएको छ।

SKYWELL
Crest

यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ९७ करोड १७ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १५ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १३.४६ प्रतिशतको कमी आएको छ।

आव २०८०।८१ मा बैंकको २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षका लागि बैंकको लाभांश क्षमता २६.५ प्रतिशत रहेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.१८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले २१ करोड ६१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

चुक्तापुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा ८ अर्ब ६३ करोड १० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ रहेको छ।

समीक्षा वर्षमा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३५.०९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३६.७५ रुपैयाँ थियो। पीई रेसियो १७.१६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २१८.०४ रुपैयाँ रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS