IME Life
GBIME

आइएमई लाइफकी केमुना एक हप्तामै बनिन् एमडीआरटी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बिराटनगर माहानगरपालिका-८ स्थायी घर भएकी केमुना (सारदा) ओडारी मैनाली ७ दिनमै एमडीआरटी बन्न सफल भएकी छन् । उनी बिगत ७ वर्षअघि आइएमई लाइफ स्थापनादेखि  कम्पनीमा जोडिएर काम गर्दै आइरहेकी छन् । उनले सुरुवाती अवस्थाबाट नै विराटनगर शाखाबाट धेरै प्रथम बीमा सुल्क संकलन गरी नेपाल टप बन्न सफल भएकी थिइन् ।

Crest

केमुनाको जीवनशैली अत्यन्तै सहनशिल्ताले ओतप्रोत छिन् । मिजासिलो र संस्कारी स्वभावकी केमुना राजनैतिक दलको माहानगरपाटी समितिको सह सचिब समेत छन् । साथै महिला नेतृत्वमा महिला सचिवालयको प्रदेश सदस्य, एनजीओमा आबद्ध रहदै फ्यूचर बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक सदस्य समेत हुन् ।

उनी बीमा क्षेत्रमा निरन्तर आफुलाई एक कुशल वित्तीय ब्यावस्थापनको भुमिका निर्भाह गर्ने क्रममा केमुना ओडारीले २०८१ असार महिनाको ७ दिनको अन्तरालमा आर्थिक वर्षको अन्तिम समयमा कोशि प्रदेशकै पहिलो र देशको तेस्रो २०२५ को एमडीआरटी बन्न सफल भएकी हुन् ।

कम्पनीले असार महिनामा ४० लाख प्रथम बीमाशुल्क संकलन गर्नेलाई राखेको स्किम अन्तर्गत स्कुटर उपहार समेत केमुनाले हात पार्न सफल भएकी छन् । उनीलाई प्रदेश कार्यलय बिराटनगर कार्यलयमा एक कार्यक्रमको आयोजना गरी बधाई र शुभकामना दिदै ११० सीसीको स्कुटर प्रदेश प्रमुख मिलन दाहाल र साहायक प्रदेश प्रमुख ओम प्रकाश राईले प्रदान गरेका हुन् ।

उक्त कार्यक्रम मा केमुनाका बुवा बिस्णु प्रसाद ओडारी र आमा चन्द्रमाया ओडारी, उनको श्रीमान राम प्रसाद मैनालीलाई समेत प्रदेश प्रमुख मिलन दाहालले सम्मान गरे ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS