IME Life
GBIME

शेयर बजारमा सामान्य करेक्सन हुँदा कारोबार रकम २१ अर्ब ७१ करोड नाघ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा सामान्य करेक्सन भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव २९ अंकले घटेर २।७५५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडिसी कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै एचआइडीसीएल, नेपाल हाइड्रो डेभलपर, शुभव पावर, सीटी होटलस्, कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS