काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ९८ पैसा, डिजेलमा २ रुपैयाँ २८ पैसा, मट्टितेलमा ३ रुपैयाँ २८ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ३१ पैसा तथा एलपीजी ग्याँसमा ६ रुपैयाँ ९७ पैसा घटेर नयाँ दर रेट आएसँगै नेपाल आयल निगमले मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएको छ । हवाई इन्धन र एलपीजी ग्याँसको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर १ सय ७० रुपैयाँ तथा डिजल र मट्टितेल प्रति लिटर १ सय ५८ रुपैयाँ कायम भएको छ ।