GBIME
IME Life

निर्जीवन बीमकको कुन-कुन क्षेत्रमा कति व्यवसाय ? (बजार हिस्सासहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमकहरुले आर्थिक वर्ष २०८०।८१ को असार मसान्त अर्थात १ वर्षको अवधिमा करिब साढे ४१ अर्ब व्यापार गरेका छन्। यो व्यापारको सबैभन्दा बढी हिस्सा मोटर बीमा रहेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा र ३ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेको हुन्। निर्जीवन बीमकहरुको सर्वाधिक व्यापार मोटर बीमामा देखिएको छ। उनीहरुले मोटर बीमाबापत १२ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल बीमाशुल्क आर्जनमा मोटर बीमाको हिस्सा ३०.३० प्रतिशत रहेको छ।

SKYWELL
Crest

यसैगरी निर्जीवन बीमकहरुको दोस्रो व्यवसाय सम्पत्ति बीमा देखिएको छ। सम्पत्ति बीमाबाट बीमकहरुले १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। कुल बीमाशुल्कको सम्पत्ति बीमाको हिस्सा २४.९१ प्रतिशत देखिएको छ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबापत निर्जीवन बीमकहरुले ७ अर्ब १० करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल बीमाशुल्कको १७.१३ प्रतिशत रहेको छ।

यस्तै निर्जीवन बीमकहरुले विविध बीमाबापत ४ अर्ब ५१ करोड ४८ लाख रुपैयाँ, हवाई बीमाबापत २ अर्ब ६० करोड ७६ लाख रुपैयाँ, कृषि तथा पशुपन्छी बीमाबापत २ अर्ब ८ करोड ५६ लाख रुपैयाँ, सामुद्रिक बीमाबापत १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ र लघु बीमाबापत ३१ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यो व्यवसाय कुल बीमाशुल्कमा विविध बीमाको १०.८९ प्रतिशत, हवाई बीमाको ६.२९ प्रतिशत, कृषि तथा पशुपन्छी बीमाको ५.०३ प्रतिशत, सामुद्रिक बीमाको ४.७० प्रतिशत र लघु बीमाको ०.७० प्रतिशत हिस्सा रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS