IME Life
GBIME

शेयर बजारमा बन्यो नयाँ कीर्तिमान, दैनिक कारोबारमा रेकर्ड ब्रेक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपालको शेयर बजारमा आज नयाँ कीर्तिमान कायम भएको छ । शेयर कारोबार रकमले नयाँ कीर्तिमान रचेको हो । आज शेयर बजारमा भारी अंकले बृद्धि भएको छ । आज शेयर बजारमा ३३२ कम्पनीका ५ करोड ९ लाख ३८ हजार ५९७ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८९ करोड ६७ लाख ३१ हजार ६७८ रुपैयाँको शेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६० करोड बढीको कारोबार भएको थियो । जुन हालसम्मकै उच्च् थियो र आज त्यो ब्रेक तोडिएको छ ।

आज नेप्से परिसूचक ६४ दशलमव २५ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सेरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४० करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज १७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS