GBIME
IME Life

एक वर्षमा निर्जीवन बीमकको ब्यवसाय ४१ अर्ब १७ करोड माथि, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा ४१ अर्ब ४० करोडमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । यस अवधिसम्ममा निर्जीवन बीमकले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी विक्री गरी ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरका छन् ।

यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ४७ करोड ०२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा शिखर इन्स्योरेन्सको बजार हिस्सा १३ प्रतिशत हो । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको ११ प्रतिशत बजार हिस्सा रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा १० प्रतिशत रहेको छ ।

SKYWELL
Crest

यता, हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ९ प्रतिशत रहेको छ । आइजिआइ प्रुडेन्सियल इन्सयोरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ८ प्रतिशत रहेको छ । नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ७ प्रतिशत हो ।
त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ६ प्रतिशत रहेको छ । सानिमा जिआइसीले २ अर्ब ६१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ६ प्रतिशत हो । एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ६ प्रतिशत हो । ओरिएण्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ५ प्रतिशत हो ।

त्यसैगरी प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ४ प्रतिशत हो । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ३ प्रतिशत हो । नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा ३ प्रतिशत हो । नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापारमा यस कम्पनीको बजार हिस्सा २ प्रतिशत हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS