GBIME
IME Life

अभिसाप बन्दै अधिकारीको कार्यकाल, घरेलु हवाई दुर्घटनामा २ वर्षमै १२० जनाको गयो ज्यान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। प्रदिप अधिकारीले नागरिक उड्ययन प्राधिकरणको नेतृत्व सम्हालेयता आन्तरिक वायुसेवा क्षेत्रमा आधा दर्जनभन्दा बढी हवाई दुर्घटनामा १२० जनाको ज्यान गइसकेको छ।

अधिकारीले २०७८ माघ १८ गतेदेखि प्राधिकरणमा महानिर्देशक पदमा नियुक्ति पाएका हुन्। त्यसयता २०८१ साउन ९ गतेसम्म भएका ३ वटा हवाई जहाज र ५ हेलिकप्टर दुर्घटनामा समेत गरी कुल १२० जनाले ज्यान गुमाएका छन्। अधिकांश दुर्घटनामा विमानको प्राविधिक त्रुटि औँल्याइएको छ।

SKYWELL
Crest

७० वर्षमा कुल ९३७ जनाले विमान दुर्घटनामा ज्याउन गुमाउँदा महानिर्देशक अधिकारीको कार्यकालयता २ वर्षभित्रै १२० जनाको ज्यान जाने गरी भएको हवाई जहाज दुर्घटना हुनुले प्राधिकरणले हवाई सुरक्षामा गम्भीर लापरबाही गरिरहेको पुष्टि हुन्छ।

अधिकारी नेतृत्वमा आएपछि यस्तो छ दुर्घटनाको शृंखला

महानिर्देशक अधिकारीले नेतृत्व सम्हालेको ५ महिना नबित्दै २०७९ जेठ १५ मनाङमा तारा एयरको नाइन एन एईटी संकेत नम्बरको ट्विनेटर विमान दुर्घटनामा पर्दा चालक दलका सदस्यसहित २२ जना यात्रुको निधन भएको थियो। गन्तव्यमा नपुग्दै यो विमान मुस्ताङको सानो स्वरेभीरमा दुर्घटनामा परेको थियो। दुर्घटनाको छानबिनसम्बन्धी अध्ययन प्रतिवेदनमा भुइँ वा भीरमा अनायाशै ठोक्किन नदिनका लागि चालकलाई संकेत दिने अत्यावश्यक उपकरण भूभाग जागरुकता र चेतावनी प्रणालीको उपकरणले नै काम नगरेको तथ्य सार्वजनिक गरिएको थियो।

तारा एयरको विमान दुर्घटनाको घटना सेलाउन नपाउँदै २०७९ माघ १ गते पोखरामा अवतरणका समयमा यती एयरलाइन्सको नाइनएन एएनसी दर्ता नम्बरको एटीआर ७२ मोडलको विमान दुर्घटनामा परेको थियो। आन्तरिक हवाई उडानकै सर्वाधिक ७२ जनाको ज्यान जाने गरी भएको यो विमान दुर्घटनामा पनि सरकारी छानबिन समितिले चालक दलबाट त्रुटि भएको औँल्याएको थियो।

पछिल्लोपटक साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पोखराका लागि उडान भरेको क्षणभरमै सौर्य एयरको नाइन एनएमई दर्ता नम्बरको जहाज विमानस्थल परिसरमै दुर्घटनामा पर्यो। दुर्घटनामा पाइलट मनिषरत्न शाक्यबाहेक अन्य १८ जना यात्रुको निधन भयो। दुर्घटनाको कारणबारे छानबिन समितिले सत्यतथ्य प्रकाशमा ल्याउन बाँकी नै छ।

जहाज दुर्घटनाको शृंखला

  • २०७९ जेठ १५ गतेः तारा एयर जहाज दुर्घटना (मनाङ ), २२ जनाको मृत्यु
  • २०७९ माघ १ गतेः यती एयरलाइन्स जहाज दुर्घटना (पोखरा), ७२ जनाको मृत्यु
  • २०८१ साउन ९ गतेः सौर्य एयरलाइन्स जहाज दुर्घटना(काठमाडौं), १८ जनाको मृत्यु

यी तीन ठूला विमान दुर्घटनाबाहेक हेलिकप्टर दुर्घटना पनि उल्लेख्य संख्यामा भएका छन्। प्राधिकरणका महानिर्देशकले नेतृत्व सम्हालेयता सबैभन्दा ठूलो हेलिकप्टर दुर्घटना २०८० असार २६ गते भएको हो। त्यस दिन मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको ज्यान गएको थियो। सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट बिहान १० बजेर १३ मिनेटमा काठमाडौँका लागि उडेको विमान दुर्घटना भएको थियो।

त्यसयता २०८० कै चैत २५ गतेदेखि वैशाख २२ गतेभित्रको अवधिमा तीनवटा हेलिकप्टर शृंखलाबद्ध रुपमा दुर्घटनामा पर्यो। तीनवटामध्ये २२ वैशाखमा संखुवासभामा सिम्रिक एयरको ‘९एन–एजेजेड’ हेलिकप्टर भोटखोला गाउँपालिका–४ सिप्रुङमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो।

हेलिकप्टर दुर्घटनाको शृंखला

  • २०७९ चैत २५ गतेः एयर डाइनेस्टी, काठमाडौं
  • २०७९ चैत २६ गतेः एभरेस्ट एयर, धौलागिरी
  • २०८० वैशाख २२ गतेः सिम्रिक एयर, १ जनाको मृत्यु
  • २०८० असार २६ः मनाङ एयर, ६ जनाको मृत्यु
  • २०८० असोज २७ गते मनाङ एयर(खुम्बु), १ जनाको मृत्यु

सन् १९५५ देखि सन् २०२४ सम्मको सात दशकको अवधिमा नेपालमा भएको हवाई दुर्घटनामा ९३७ जनाको ज्यान गएकोमा पछिल्लो २ वर्षको छोटो अवधिमै ११९ जनाले ज्यान गुमाइसकेका छन्।

हवाई क्षेत्रका जानकारहरुका अनुसार नियमित चेकजाँच र मर्मतसम्भार गरिनुपर्ने जहाजहरु कागजी रुपमा मात्र मर्मतसम्भार गरेर सर्वसाधारणको ज्यानसँग खेलवाड गर्ने कार्य हुने गरेको छ। रुटिन मर्मतसम्भार र प्राविधिकहरुबाट गरिने बृहत चेकजाँच खर्चिलो र समय लाग्ने भएकाले पन्छाउने गरिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्ययन सुरक्षा संगठनको प्रावधानअनुसार साना–ठूला सबैखाले विमान पूर्वनिर्धारित तालिकाअनुसार मर्मतसम्भार गरिनुपर्छ। तर, यस्तो तालिकालाई नियामक प्राधिकरणसँगको मिलेमतोमा पन्छाउने वा नक्कली प्रतिवेदन तयार पार्ने गरिएको छ।

आफ्नो बचाउमा निजी क्षेत्रलाई दबाब

सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि प्रतिनिधिसभामा सांसदहरुले आफ्नो राजीनामा माग गरेपछि महानिर्देशक अधिकारीले निजी वायु सेवा कम्पनीलाई दबाब दिएर आफ्नो बचाउमा विज्ञप्ति जारी गर्न लगाएका छन्।

वायु सेवा सञ्चालक संघ नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवैदनशील रहेको तर प्राधिकरण नेतृत्वबारे भ्रम फैलाइएको दाबी गरेको छ।

सौर्य एअरलाइन्सको विमान दुर्घटनाको भोलिपल्टै प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदले महानिर्देशक अधिकारीको राजीनामा माग गरेका थिए।

युरोपेली संघको प्रतिबन्धित सूचीबाट हटाउन नसकेको, नियामकीय कमजोरी गर्दा ७ वटाभन्दा बढी हवाई दुर्घटना भएको र हवाई सुरक्षामा भएका प्रगतिबारे जानकारी माग्दा नदिएको भन्दै सांसदले अधिकारीको राजीनामा मागेका हुन्। प्रतिनिधिसभा बैठकमा पनि उनको राजीनामा माग भएको छ।

संघले हवाई दुर्घटना काबुबाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरु व्यक्तिविशेष, कम्पनीलगायत नियमनकारी निकाय कसैले चाहेर नहुने तर्क गर्दै अधिकारीको भरपुर बचाउको कोसिस गरेको छ।

अध्यावधिक गरिएको

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS