काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले रिकभरी अफिसर, ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसर, ब्रान्च म्यानेजर र म्यानेजर लगायतका पदमा कर्मचारी माग गरेको हो।
कम्पनीले केन्द्रीय कार्यालय बालुवाटारका लागि एक जना ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसर पनि माग गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न शाखा र रूपन्देही तथा सुर्खेत शाखाका लागि केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो भने रिलेसनसिप अफिसर तथा म्यानेजरका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका साउन २५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।