GBIME
IME Life

आप्रवास भिसामा विदेशी मुद्रा सटहीको सीमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलोपटक जाने नेपालीले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा तोकिएको छ।

राष्ट्र बैंकले नियामकीय व्यवस्थामार्फत विदेशी मुद्राको सहटी सुविधाको सीमा तोकेको हो। जसअनुसार नेपाली नागरिकले एकपटक मात्र सेलटमेन्ट खर्चबापत प्रतिव्यक्ति बढीमा ५ हजार अमेरिकी डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्र सटही गर्न सक्ने व्यवस्था गरिएको छ।

SKYWELL
Crest

राहदानी, आप्रवास भिसा र हवाई टिकटको प्रतिलिपि पेस गरी सम्बन्धित व्यक्तिले राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट यस्तो सटही सुविधा लिन सक्छन्।

यो व्यवस्थाअनुसारको सटही सुविधा नलिई सम्बन्धित देश गएर नेपाल फर्की पुनः जाने र सोही देशमा रहेको समयमा आप्रवास भिसा प्राप्त गरी पुनः विदेश फर्किने नेपाल नागरिकलाई भने यस्तो सटही सुविधा उपलब्ध हुँदैन। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS