GBIME
IME Life

प्रभु बैंकको एकै दिन ४ शाखा बिस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडले एकै दिन ४ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले  आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज साउन १४ गते देखि बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, बडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष माननिय देवी प्रकाश भट्टचनबाट गरिएको छ ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

SKYWELL
Crest

बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

 

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS