काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशलमव ४६ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले बढेको बजार आज भने घटेर बन्द भएको हो ।
आज सबैभन्दा धेरै नेपाल फानान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानीकर्ताले ८ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोका लगानीकर्ताले ८ दशलमव १६ प्रतिशतका दरले कमाएका छन् ।