SKIP THIS

National Insurance
IME Life

लघुवित्तको बिना धितो कर्जामा राष्ट्र बैंक बन्यो लचिलो, अब एउटै ऋणीले दुई संस्थाबाट ऋण लिन पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लघुवित्त संस्थाहरुबाट बिना धितो प्रवाह हुने कर्जामा नेपाल राष्ट्र बैंक लचिलो बनेको छ। केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुको नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै कर्जा प्रवाहमा लचिलो व्यवस्था ल्याएको छ।

संशोधित व्यवस्थाअनुसार अब एकै ऋणीले दुईवटा लघुवित्तबाट कर्जा सुविधा लिन पाउने भएका छन्। बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा कर्जाको सीमा ननाघ्ने गरी एउटै ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउने भएका छन्। यसअघि एउटा ऋणीलाई एउटामात्रै लघुवित्तबाट कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो।

Prabhu
Crest

यद्यपि, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी भने लघुवित्तबाट कर्जा लिन पाउन योग्य हुने छैनन्।

यसैगरी विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा ७ लाख रुपैयाँसम्म लघु कर्जा प्रवाह गर्न पाउने सीमालाई निरन्तरता दिइएको छ। तर प्रतिपरिवार २५ हजार रुपैयाँसम्मको कर्जा पारिवारिक जमानीमा मात्र समेत प्रदान गर्न सकिने व्यवस्था भने राष्ट्र बैंकले थप गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS