SKIP THIS

National Insurance
IME Life

सूचीकृतमध्ये २३ बीमा कम्पनीको शेयर मूल्य बढ्दा कुनको कति पुग्यो भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मौद्रिक नीतिमा केही लचिलो नीति आएपछि आज शेयर बजारमा उछाल आएको छ । गत शुक्रबार मौद्रिक नीति सार्वजनिक भएको थियो। आज नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा कायम भएको छ । आज बजारमा लघुवित्त समूहबाहेक अन्य सबै १२ वटा समूहमा हरियाली छाएको छ । आज बैंकिङ सेक्टर सर्वाधिक ९.८९ प्रतिशतले बढेको छ ।

आज जीवन बीमा समुह ४ दशलमव २४ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन समुह २ दशलमव ६८ प्रतिशतले बृद्धि भएको छ । आज यी जीवन र निर्जीवन समुह नै बृद्धि हुँदा सानिमा जिआइसी इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीको शेयर मूल्य बढेको छ ।

Prabhu
Crest

आज कारोबारमा आएका १२ वटै जीवन बीमा कम्पनीको शेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै नेपाल लाइफको शेयर मूल्य बढेको छ । आज कम्पनीको शेयर मूल्य ८ दशमलव ७० प्रतिशतले बढेर ६८१ रुपैयाँ पुगेको छ । एशियन लाइफको ३ दशमलव ५० प्रतिशतले बढेर ७४०, सिटिजन लाइफको २ दशलमव ३७ प्रतिशतले बढेर ६०५, हिमालयन लाइफको शेयर मूल्य ३ दशमलव ४६ प्रतिशतले बढेर ४६४ रुपैयाँ, आइएमई लाइफको शेयर मूल्य २ दशलमव ७४ प्रतिशतले बढेर ५२५ रुपैयाँ, एलआइसी नेपालको शेयर मूल्य ५ दशलमव ७७ प्रतिशतले बढेर १६ सय ८७ रुपैयाँ, नेशनल लाइफको शेयर मूल्य ३ दशलमव ९७ प्रतिशतले बढेर ६८१ रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको शेयर मूल्य १ दशमलव ३५ प्रतिशतले बढेर ६०८ रुपैयाँ, रिलायबल नेपाल लाइफको शेयर मूल्य १ दशलमव ५५ प्रतिशतले बढेर ५२५ रुपैयाँ सूर्यज्योति लाइफको शेयर मूल्य ३ दशमलव ४६ प्रतिशतले बढेर ५०८ रुपैयाँ कायम भएको छ ।
सन नेपाल लाइफको शेयर मूल्य ३ दशलमव ३१ प्रतिशतले बढेर ५९० रुपैयाँ र सानिमा रिलायन्स लाइफको शेयर मूल्य २ दशलमव ७६ प्रतिशतले बढेर ५३५ रुपैयाँ कायम भएको छ ।

यता, निर्जीवन बीमा समुहको कारोबारमा आएका १२ कम्पनीमध्ये सानिमा जिआइसी कम्पनी बाहेक सबैको शेयर भाउ बढेको छ । आज यस कम्पनीको शेयर मूल्य १ दशलमव ३६ प्रतिशतले घटेर ७२५ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य २ दशलमव ६९ प्रतिशतले बढेर ७२५ रुपैयाँ, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य ३ दशमलव ७८ प्रतिशतले बढेर ६५८ रुपैयाँ, नेपाल इन्स्योरेन्सको शेयर मूल्य १ दशलमव ४३ प्रतिशतले बढेर ९९३ रुपैयाँ, नेको इन्स्योरेन्सको शेयर मूल्य २ दशलमव ४६ प्रतिशतले बढेर ९१८ रुपैयाँ, एनएलजी इन्स्योरेन्सको शेयर मूल्य ० दशलमव ४३ प्रतिशतले बढेर ९३५ रुपैयाँ, प्रभु इन्स्योरेन्सको शेयर मूल्य ० दशमलव ९८ प्रतिशतले बढेर ९२९ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ६ दशलमव ९५ प्रतिशतले बढेर १८ हजार १०५ रुपैयाँ, सगरमाथा ुम्बिनी इन्स्योरेन्सको शेयर मूल्य १ दशलमव ८८ प्रतिशतले बढेर ८१५ रुपैयाँ, शिखर इन्स्योरेन्सको शेयर मूल्य ३ दशलमव ३५ प्रतिशतले बढेर ८७० रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य ० दशलमव ४३ प्रतिशतले बढेर ९३२ रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS