SKIP THIS

National Insurance
IME Life

बीमा क्षेत्रमा इन्टर्न भएर छिरेका उत्तम अहिले सिंगो शाखा हाँक्दै,‘अभिकर्तालाई दीर्घकालीन रुपमा टिकाउनुपर्छ’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेहनती मान्छेलाई धेरै परिश्रम र संघर्ष गर्न मन पर्छ। उनीहरुलाई सधैँ नयाँ–नयाँ काम गर्न मन लाग्छ। जस्तो कि अरुले जे गर्छन्, त्योभन्दा फरक। अझभन्दा उनीहरु अध्ययन गर्न पनि बढी रुचाउने स्वभावका पनि हुन्छन्। त्यही अध्ययन र अनुसन्धानले नै मानिसलाई ज्ञानको ऊर्जा थपिदिन्छ। अध्ययन गर्ने मान्छेमा मात्रै ज्ञानका खानी हुन्छन् भन्ने पनि होइन। तर, अध्ययनको पाटोसँग–सँगै व्यवहारिकतालाई पनि अँगाल्ने मानिस भने कहिल्यै असफल हुँदैनन्। शिक्षा लिनेभन्दा पनि दिने मान्छे नै महान हुन्छन्। शिक्षा जति लियो, त्यो बिर्सन सकिन्छ। तर, जति दियो त्यसले ज्ञानलाई बढाउँदै जान्छ। हो यही सिद्धान्तमा टेकेर हिँड्ने व्यक्तित्व हुन्, उत्तम परियार।

उत्तम २०५० सालमा स्याङ्जाको वालिङ नगरपालिका–८ मा जन्मिएका हुन्। हाल उत्तम सिटिजन लाइफ इन्स्योरेन्सको बुटवलस्थित फर्साटिकर शाखाका शाखा प्रमुखको भूमिकामा छन्। उत्तमले आफ्नो ब्रान्चको टिम व्यवस्थापन, अभिकर्ता, व्यवस्थापन, तालिमलगायतका यावत जिम्मेवारी पूरा गर्दै आइरहेका छन्। उत्तम आफ्नो शाखाको जिम्मेवारीमात्रै होइन बीमा शिक्षा बाँड्न पनि उत्तिकै तल्लीन रहन्छन्।

Prabhu
Crest

उत्तमले उच्च माद्यमीक तहसम्मको अध्ययन भने आफ्नो जन्मथलो स्याङ्जाबाट नै पूरा गरे। हाल उत्तमको बसोबास भने बुटवल उपमहानगरपालिका–१३ बेलबाँसमा रहेको छ। अरुको फेन्सी पसलमा लुगा सिलाउने काम गरेर बुवाले उत्तमलाई स्नातकसम्मको अध्ययनमा कुनै कमी हुन दिएनन्। ‘आफूले पढ्न नपाएर दुःख पाएको हुनाले पनि होला मलाई केही काम नगरी स्नातकसम्म बुवाले पढाउनुभयो’, उत्तमले भने, ‘बुवा रातदिन अरुको पसलमा काम गरेर मलाई पढाउनुभयो। म घरको जेठो सन्तान भए पनि मैले कुनै जिम्मेवारी बहन नगरी पढ्न पाएँ। स्नातक पढ्दासम्म मैले नोकरी गरेको थिइनँ। ती दिनमा मेरो बुवाले गरेको दुःखको फल आज प्राप्त हुँदैछ।’
बुवाको पढाउने सपना भएर पनि होला उत्तम सानैदेखि पढ्नमा धेरै मेहनत र संघर्ष गर्ने व्यक्ति हुन्। पढाइलाई नै आफ्नो जीवनको एक पाटो सम्झिएर उत्तमले पढाइमा अथाह मेहनत गरे। उच्च मावि सकेर स्नातक तहको अध्ययन गर्नका लागि २०६९ सालमा सुनौलो भविष्यको खोजीमा उत्तम बुटवल पसे। उनी भन्छन्, ‘ममा सानैदेखि मेहनत गर्ने बानी थियो र मैले बुटवल आएपछि पनि मेहनत गर्न छाडिनँ। मेरो मेहनत गर्ने बानी र लगनशीलताले गर्दा नै आज यो ठाउँमा आइपुग्न सफल भएको हुँ।’

उत्तम मेहनती भएकै कारण आज बीमा क्षेत्रमा सफल छन्। उत्तम मेहनत र लगनशीलतालाई आफ्नो जीवनको एउटा महत्वपूर्ण पाटो सम्झेर अगाडि बढिरहे। उत्तमको पारिवारिक अवस्था नाजुक नै थियो। ती चुनौतीका बाबजुद पनि उत्तमले पढाइलाई भने निरन्तरता दिएर आज स्नाकोत्तरसम्मको अध्ययन पूरा गर्न सफल भएका छन्।

उत्तमले बैंकिङ तथा बीमा विषयमा स्नातक तहको अध्ययन गरेका हुन्। उत्तमले बीमा विषय पढेका भएर पनि उसलाई बीमाप्रति ज्ञान थियो। पढ्ने समयमै उत्तमलाई लाग्थ्यो ‘बीमा क्षेत्रमा नै करिअर बनाउँछु।’ उत्तमले जस्तो सोच राखेका थिए, फलस्वरुप आज त्यही परिणाम देखिएको छ। नभन्दै ब्याचलरसम्मको अध्ययन सकेपछि उत्तमले बीमा क्षेत्रमा नै काम गर्ने अवसर पाए। उत्तमले २०७४ सालमा साविक सूर्य लाइफबाट आफ्नो करिअरको यात्रा सुरु गरेका थिए। उनले साबिक सूर्य लाइफमा ५ वर्षभन्दा लामो समय बिताए। उत्तमले स्नातक तहमा बीमा विषय पढेकै कारण प्रशिक्षार्थी(इन्टर्न) का रूपमा साबिक सूर्य लाइफमै काम  गरेका थिए। करिब ५ वर्षको साविक सूर्य लाइफको यात्रालाई उत्तमले २०७९ सालमा बिट मारे। साविक सूर्य लाइफमा मार्केटिङको भूमिकामा उत्तमले बुटवल शाखामा करिब ३.५ बर्ष काम गरे। त्यसपछि उत्तम १.५ बर्ष मुर्गिया शाखामा प्रबन्धककको भूमिकामा रहेर साविक सूर्य लाइफबाट भीआरएसको सुविधा लिएर आफ्नो यात्रालाई बिट मारे।

त्यसपछि साविक सूर्य लाइफमा इन्टर्न गर्दा सुनिल पोखरेल एरिया ब्रान्च म्यानेजर थिए। ‘पछि सुनिल सर सिटिजन लाइफमा आएर चिफ बिजनेस अफिसर भएका थिए’, उत्तमले भने, ‘सुनिल सरले मलाई साविक सूर्य लाइफमा हुँदा इन्स्योरेन्ससम्बन्धी धेरै ज्ञान दिनुहुन्थ्यो, धेरै मिजासिलो अनि सहयोगी भावनाका हुनुहुन्थ्यो। उहाँलाई मैले इन्स्योरेन्सको गुरु भन्दा पनि फरक नपर्ला। हो, सुनिल सरले नै मलाई सिटिजनमा आउन अनुरोध गर्नुभयो। पहिला सँगै काम गर्दा मैले राम्रो प्रदर्शन गरेको भएर पनि होला मलाई आनुहोस् भन्नुभयो। मेरा लागि धेरै कम्पनी थिए। तर, मैले बेस्ट कम्पनीमध्येको बेस्ट कम्पनी छान्दा मैले सिटिजन लाइफमा जाने निधो गरेँ।’
सिटिजन लाइफमा उत्तमले अन्तर्वार्ता दिए। अनि पास पनि भए। ‘त्यस्तै, बुटवल शाखाका क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल सरसँगको चिनजानले पनि मलाई यो कम्पनीमा डोर्यायो’, उनले भने। अन्ततः उत्तमले २०७९ सालमा सिटिजन लाइफमा शाखा म्यानेजरको भूमिका रही काम गर्न थाले।

उत्तम इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्दा र अहिलेको समयमा केही परिवर्तन भएको अनुभव सुनाउँछन्। ‘पहिला म इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेको समयमा बीमाप्रति मानिसको बुझाइ नकारात्मक थियो’, उत्तम भन्छन्, ‘बीमा बुझाउन खोज्दा पनि बुझन नचाहने थियो। तर, अहिले बीमा नै नगरे पनि बीमा बुझन भए पनि खोज्नुहुन्छ। हामीलाई बीमा बुझाइदिनुस्। हामी अफिसमै आउँछौँ, भन्नुहुन्छ। यो बीमा क्षेत्रका लागि सकारात्मक हो।’

आमसर्वसाधारणलाई बीमा बुझाउन सक्यो भने बीमा सबैले गर्ने उत्तमको विश्वास छ। ‘अभिकर्ता कम्पनीका प्रतिनिधि पात्र हुन्’, उत्तमले भने, ‘उनीहरु बीमा शिक्षा, बीमा सचेतना लिएर जसरी सर्वसाधारणसामु प्रस्तुत हुन्छन्। आममानिसले त्यसैगरी बुझ्ने हुन्। राम्रो शिक्षा दिए राम्रैसँग बीमा बुझ्छन्। अभिकर्ता नै कम्पनीका मुख्य पात्र भएकाले अभिकर्तालाई पहिला शिक्षित बनाएर, राम्रो ज्ञान दिएरमात्रै बजारमा पठाउनुपर्छ।’

लामो समय बीमा क्षेत्रमा काम गरेका उत्तमको बुझाइमा बीमा क्षेत्रमा धेरै थरीका अभिकर्ता हुने गरेका छन्। ‘कुनै अभिकर्ता आम्दानीका लागि बीमा क्षेत्रमा प्रवेश गरेका हुन्छन्’, उत्तमले भने, ‘कुनै–कुनै अभिकर्तामा पैसा हुने तर मानसम्मानका लागि बीमा क्षेत्रमा भित्रिने गरेको हुन्छन्। कुनै अभिकर्ता प्रोफेसन्नली काम गर्ने दीर्घकालीन करिअर बनाउने खालका हुन्छन्।
 बीमा क्षेत्रमा जस्तोसुकै प्रवृत्तिका अभिकर्ता भित्रिए पनि कम्पनीले उनीहरुलाई बीमासम्बन्धी ज्ञान दिएर, बीमा बुझाएर दीर्घकालीन टिक्ने गरी अवसर सिर्जना गर्यो भने जस्तोसुकै अभिकर्ता पनि दीर्घकालीन हुने उनको भनाइ छ। अभिकर्ता बीमा बजारमा दीर्घकालीन भयो भने बीमा बजार पनि राम्रो हुने उनको बुझाइ छ। कम्पनीले अभिकर्तालाई बीमा बजारमा टिक्ने, टिम वृद्धि गरेर सक्षम बनाएर सबैले आम्दानी गर्नेप्रति अभिकर्तालाई सचेत बनाएर बीमा बजार दीर्घकालीन बनाउनुपर्नेमा उनको जोड छ। नियम–कानुनभित्र बसेर अभिकर्तालाई काम गर्न उत्तमले सुझाएका छन्।

हाल बीमा क्षेत्रमा फ्रेस कर्मचारी भित्र्याउने प्रवृत्ति रहेतापनी पुराना र अनुभवी कर्मचारीलाईपनि प्रोत्साहन गर्नुपर्ने पनि उत्तमको भनाइ छ। ‘बीमा क्षेत्र भनेको वित्तीय कारोबार गर्ने मार्केटिङ क्षेत्र भएकाले पुराना कर्मचारीलाई कामको अनुभव भइसकेको हुन्छ’, उत्तमले भने, ‘नयाँ कर्मचारीलाई काम सिक्न र बजार बुझ्न अलि समय लाग्ने हुनाले पुराना कर्मचारीलाई प्रोत्सान गरि कम्पनीमा वस्ने बातावरण मिलाउनु पर्छ।

सामान्य स्तरका जीवनशैली भएका मानिसलाई बीमा बुझाउन सहजै हुने उत्तमको अनुभव छ। ‘सामान्य स्तरको व्यक्तिले आजलाई भन्दा पनि भोलिलाई सोचेरे सेभिङ गर्न खोज्छ। बीमा राम्रोसँग बुझायो भने सामान्य स्तरको व्यक्तिले बीमा गर्छन्’, उत्तम भन्छन्, ‘मध्यम स्तरको व्यक्तिले पनि बीमा गर्न चासो नै लिन्छन्। तर, उच्च आर्थिक स्तर भएको व्यक्तिले धेरै ठाउँमा लगानी भएकाले बीमालाई प्राथमिकतामा नराख्ने बताउँछन। यद्यपि, बीमा सबै स्तरको जीवनशैली भएका व्यक्तिलाई आवश्यक पर्ने र अपत–विपद सवैलाइ आउनसक्ने भएकाले सवै जीवनशैली भएका व्याक्तिहरुले बीमालाइ प्राथमिकतामा राख्नुपर्ने उनको बुझाई छ ।

शाखा प्रबन्धकको जिम्मेवारी कत्तिको गाह्रो छ भनेर इन्स्योरेन्स खबरले सोधेको प्रश्नमा उत्तमले धेरै चुनौती रहेको बताए। ‘शाखा प्रबन्धकहरु प्रायः बजारमा टिक्न सक्दैनन्’, उनले भने, ‘यो नै प्रमुख चुनौती हो। हेड अफिसले विभाजन गरेको काम पूरा गर्नुपर्यो। टार्गेट मिट, व्यवस्थापन टिम, अभिकर्तालगायत विभिन्न कामको जिम्मेवारी नै आफ्नो थाप्लोमा हुन्छ। आएका सबै चुनौती र बाधालाई सम्हालेर अगाडि बढ्यो भने चुनौतीलाई पैतालामुनि हालेर अगाडि बढ्न सकिन्छ।’

आफ्नो शाखालाई कसरी उत्कृष्ट बनाउने भन्नेमै उत्तम केन्द्रित हुन्छन्। कुनै शाखासँग अनहेल्दी कम्पिटिसन नगरी शाखालाई अगाडि बढाउने उत्तमको भनाइ छ। दिएको लक्ष्य पूरा गर्ने, अभिकर्तालाई समयमा तालिम दिनेलगायतका इन्ट्रनल कुरालाई पनि धेरै नियाल्ने गरेको उत्तमको भनाइ छ। उनले कामलाई जिम्मेवारीका रुपमा भन्दा पनि रमाइलो गरेर गर्ने गरेको सुनाए।

पछिल्लो समय आर्थिक मन्दीको प्रभाव पनि बीमा क्षेत्रमा देखिएको उत्तको अनुभव छ। सबैले सहकारी संस्थाले पनि वित्तीय कारोबार नै गर्ने भएकाले पनि पछिल्लो समय सहकारीसँग बीमालाई धेरै मानिससले तुलना गरेको उनको भनाइ छ। उत्तम भन्छन्, ‘सहकारीको काम अलग्गै छ। बीमा कम्पनीको अलग्गै छ। बीमाले जोखिम कभर गर्छ। सहकारी भनेको वित्तीय कारोबारमात्रै गर्ने संस्था हो। सबैले फरक छुट्याएर सेवा लिन आग्रह गर्छु।’

अन्त्यमा उत्तम सिटिजन लाइफको टिम र व्यवस्थापन राम्रो भएकाले आफू यस कम्पनीमा जोडिनु भाग्यमानी ठानेको बताउँछन्। कम्पनी परिवारलाई धन्यवाद दिँदै उनले भने, ‘सबैसामु सिटिजन लाइफले आफ्नो नाम कमाएर ग्राहकमाझमा सरल र सहज सेवा दिइरहेको छ। आगामी दिनमा अझै परिष्कृत भएर आउनेछौँ।’

ग्राहकलाई ढुक्क भएर सेवा लिन उत्तम आग्रह गरे। ‘अन्य कम्पनीभन्दा सेवाको हिसाबमा उत्कृष्ट रहेको छ। अहिले सिटिजन लाइफ डिजिटल पेमेन्टमा पनि अगाडि नै छ’, उत्तमले थपे, ‘मेरो शाखाको कुरा गर्ने हो भने आधीजस्तो पेमेन्ट डिजिटल माध्यमबाट नै हुन्छ।’ जसरी ग्राहक वा बीमितलाई सजिलो हुन्छ, सिटिजन लाइफले त्यही गोरेटो समात्नेसमेत उनले विश्वास व्यक्त गरे।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS