काठमाडौं । राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पारिने राष्ट्र बैंकले जनाएको छ । आज राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको जनाइएको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजानिक गर्दै भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने
व्यवस्था गरिने बताएका छन् ।