SKIP THIS

National Insurance
IME Life

शेयर लोनमा संस्थागत लगानीकर्तालाई तोकिएको २० करोडको सीमा खारेज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत हाल कायम रहेको शेयर लोनमा संस्थागत लगानीकर्तालाई तोकिएको २० करोड रुपैयाँको सीमा खारेज गरिएको छ।

नेपाल राष्ट्र बैंकमा आज गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन्। मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरिने उनले बताए।

Prabhu
Crest

यसैगरी धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ।

मौद्रिक नीतिमा हाल कायम रहेको व्यक्तिगत शेयर लोनको सीमालाई यथावत राखिएको छ। व्यक्तिगततर्फ १५ करोड रुपैयाँसम्म शेयर लोन लिन पाइन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS