काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ । आज माइक्रोफाइनान्सको उपसूचकमा लगानीकर्ताको आकर्षण राम्रो देखिएको छ । आज माइक्रोफाइनान्स उपसूचक ६ दशमव ८३ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।