IME Life
GBIME

बजार ३२ अंकले बढ्दा माइक्रोफाइनान्स उपसूचकमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो दोहोरो अंकले घटेको बजार आज दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ । आज माइक्रोफाइनान्सको उपसूचकमा लगानीकर्ताको आकर्षण राम्रो देखिएको छ । आज माइक्रोफाइनान्स उपसूचक ६ दशमव ८३ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको २४ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS