SKIP THIS

National Insurance
IME Life

सिटिजन लाइफ दमक शाखाले गर्यो ५६ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दमक शाखाले विर्तामोड एरियाकै सबैभन्दा ठूलो दावी भुक्तानी गरेको छ । दमक शाखामा आयोजित दाबी भुक्तानी कार्यक्रममा ५६ लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त दाबी भुक्तानी वापतको चेक स्वर्गिय बीमित भुपिन बाबु ढकालको श्रीमति इन्दिरा ढकाललाई बिर्तामोड एरिया ब्रान्च म्यानेजर उत्तम कोइरालाले हस्तान्तरण गरेका हुन् ।

स्वर्गिय भुपिन बाबु ढकालले चारवर्ष अघि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट वार्षिक अग्रीम भुक्तानी योजना ५० लाख बीमांक बराबरको खरिद गरेका थिए । उनको असामयिक निधन पछि कम्पनीले ५० लाख बीमांक, चार बर्षको बोनस रकम र ५० हजार काजक्रिया खर्च सहित ५६ लाख ८० हजार एकमुष्ठ प्रदान गरेको हो ।

Prabhu
Crest

सो कार्यक्रममा एरिया ब्रान्च म्यानेजर उत्तम कोइरालाले मृतक भुपीन बाबुका ढकालको आत्माको चीर शान्तिको कामना गर्दै बीमा बाट प्राप्त रकम सहि ठाउँमा लगानी गर्न सुझाव दिए ।

त्यस्तै स्टार एजेन्सी म्यानेजर भेषराज भट्टराईले बीमाले बीमाशुल्क लिने मात्र होइन दावी भुक्तानी पनि सरल र छिटो तरिकाले भुक्तानी दिने गरेको बताए ।

त्यस्तै, परिवारको तर्फबाट डिल्लीराम ढकालले सिटिजन लाइफले छिटो तथा सहज ढंगले दावी भुक्तानी दिएकोमा कम्पनीलाइ धन्यवाद दिए । सो कार्यक्रमको संचालन दमक शाखा प्रमुख रोशन बस्नेतले गरेका थिए । सो कार्यक्रम‌मा दमक शाखाका एजेन्सी, म्यानेजरहरु सहित अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS