काठमाडौं । आज साउन ९ गते, बुधबार, डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ। यो डलरको हालसम्मकै उच्च मूल्य हो।
आज युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर८८ रुपैयाँ ९१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा छ ।