काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी दिपक तुलाधरले आफ्नो नाममा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन दिए अनुसार कम्पनीले सो शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।
कम्पनीले तोकेको उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नआएमा सो शेयर सर्वसाधारण व्यक्ति र संघसंस्थालाई बिक्री गरिने कम्पनीले बताएको छ ।