काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ५ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत (आईटी) को लागि केही, सुपरभाईजरका लागि केही, वरिष्ठ सहायक प्रशिक्षार्थी/वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, र कनिष्ठ सहायक÷सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगानामार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।