IME Life

हालसम्म सूर्योदय वोमी लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदनको ओइरो लागेको छ । आज साझ ५ बजेसम्मको तथ्यांकअनुसार संस्थाको एफपीओमा १२ लाख ८८ हजार बढीले आवेदन दिएका छन् ।

संस्थाले गत साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ संस्थाले बिक्री खुला गरेको छ। आज साझ ५ बजेसम्म यो एफपीओमा १२ लाख ८८ हजार ८१८ आवेदकबाट कुल १ करोड ८९लाख ३१ हजार ९०० कित्ता शेयर खरिद आवेदन परेको छ।

Prabhu
Crest

मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी ४ हजार ६७२ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाउनेछन्।

यो एफपीओमा भोलि साउन ८ गते खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’ बाट आवेदन दिन सक्नेछन्।

संस्थाको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८।५० रुपैयाँ कायम भएको छ। जसमा संस्थापक शेयरधनीको स्वामित्व ७०।३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९।६४ प्रतिशत रहेको छ। अब सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन संस्थाले एफपीओ जारी गरेको हो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले एफपीओ बिक्री खुला गरेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS