SKIP THIS

National Insurance
IME Life

विश्वका ठूला बीमा कम्पनीमा अमेरिकाको वर्चश्व, शीर्ष १० मा एलआईसी भारत पनि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वमा शीर्ष ठूला बीमा कम्पनीमा अमेरिकाको वर्चश्व रहेको देखिएको छ। बजार पुँजीकरणका हिसाबले विश्वका शीर्ष १० बीमा कम्पनीमा ५ वटा अमेरिकी कम्पनी छन्। शीर्ष १० भित्र २ वटा चिनियाँ कम्पनी र जर्मनी, स्विट्जरल्यान्ड र भारतको १–१ वटा रहेका छन्।

विश्वको सबैभन्दा ठूलो बीमा कम्पनीमा अमेरिकाको युनाइटेड हेल्थ रहेको छ। यो कम्पनीको बजार पुँजीकरण ५ खर्ब २० अर्ब डलर रहेको छ।

Prabhu
Crest

दोस्रोमा सबैभन्दा ठूलो बीमा कम्पनी प्रोग्रेसिभ रहेको छ। यो पनि अमेरिकी कम्पनी हो। यसको बजार पुँजीकरण २ खर्ब १९ अर्ब डलर रहेको छ।

अमेरिकाकै एलिभेन्स हेल्थ तेस्रो स्थानमा रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब १५ अर्ब डलर रहेको छ।

यसैगरी जर्मनीको एलियान्ज कम्पनी चौथो स्थानमा रहेको छ। यसको बजार पुँजीकरण १ खर्ब १० अर्ब डलर रहेको छ।
पाँचौँ स्थानमा अमेरिकाको मार्स एन्ड म्याकलिनन कम्पनिज रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ६ अर्ब डलर रहेको छ।

स्विट्जरल्यान्डको चुब्ब, चीनको चाइना लाइफ इन्स्योरेन्स, चीनकै पिङ यन इन्स्योरेन्स, अमेरिकाको सिग्ना र भारतको एलआईसी क्रमशः छैटौँदेखि दसौँ स्थानमा रहेका छन्। चुब्बको बजार पुँजीकरण, १ खर्ब ५ अर्ब डलर, चाइना लाइफको १ खर्ब १ अर्ब डलर, पिङ यनको ९६ अर्ब ३२ करोड डलर, सिग्नाको ९५ अर्ब ४० करोड डलर र एलआईसी भारतको ८५ अर्ब ७६ करोड डलर रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS