IME Life

एमडीआरटी वरियतामा लगातार आठौँपटक एआईए मलेसिया शीर्ष स्थानमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मलेसियाका बीमा कम्पनीहरुमध्ये मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) वरियतामा लगातार आठौँपटक एआईए मलेसिया शीर्ष स्थानमा रहन सफल भएको छ।

लगातार ८ वर्षदेखि एआईए मलेसिया एमडीआरटी वरियतामा शीर्ष स्थानमा रहेको हो। एआईए मलेसियाबाट ९३९ जना एमडीआरटी बन्न सफल भएका छन्।

Prabhu
Crest

यसैगरी एनआईए मलेसियाबाट १६ जना टप अफ दि टेबल (टीओटी) र ८० जना कोर्ट अफ दि टेबल (सीओटी) बन्न सफल भएका छन्।

प्राइमर एड्भाइजर मोडेलले यो स्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ। यो मोडेलले भरपर्दो एजेन्ट भर्ना गर्ने र विकास गर्ने लक्ष्य राखेको छ।

एआईए मलेसियाको प्रमुख कार्यकारी अधिकृत बेन एनजीले कम्पनीले एमडीआरटी वरियतामा लगातार आठौँपटक नम्बर १ को उपाधि जित्न पाउँदा उत्साहित बनाएको बताए। ‘यसले हाम्रा प्रमुख सल्लाहकार र एजेन्सी लिडरको प्रतिबद्धता र विशेषज्ञतालाई प्रतिबिम्बित गर्दछ’, उनले भने, ‘यसले एआईए मलेसियाको उद्योग नेतृत्व र मलेसियनहरुलाई स्वस्थ, लामो र राम्रो जीवन बाँच्न मद्दत गर्ने प्रोफेसनल एजेन्सी फोर्स निर्माण गर्ने समर्पणलाई पुनः पुष्टि गरेको छ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS