IME Life

अझै केही दिन आउँदैन मौद्रिक नीति, किन रोकियो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति अझै केही दिन नआउने भएको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले मौद्रिक नीति यस साताको अन्तिमसम्ममा आउन सक्ने सम्भावना देखाए । तर अझै केही दिन मौद्रिक नीति नआउने ती अधिकारीको भनाइ छ ।

‘मौद्रिक नीतिबारे पछिल्ला दिनमा चासो बढेर गएको छ, म स्पष्ट भन्छु कि मौद्रिक नीति अझै केही दिन आउने देखिँदैन,’ ती अधिकारीले भने ।
मौद्रिक नीति सार्वजनिक गर्नुपूर्व केन्द्रीय बैंकको बैठक बसेर यसलाई पास गर्नुपर्ने हुन्छ । तर त्यसका लागि अहिले पहलसम्म भएको छैन ।
पछिल्लो पटक नयाँ राजनीतिक समीकरण बन्दा मौद्रिक नीति सार्वजनिक हुने दिन केही पर लम्बिएको हो । सरकार नयाँ बनेसँगै सरकारका पदाधिकारी तथा आर्थिक सल्लाहकारले समेत मौद्रिक नीतिमा चासो देखाएपछि छलफल गर्नुपर्ने भएकाले केही दिन मौद्रिक नीति सार्वजनिक नहुने ती अधिकारीको भनाइ छ ।

Prabhu
Crest

केन्द्रीय बैंकले गत शुक्रबार नै चालु आर्थिक वर्ष (आव)को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेपनि यसबारे बोर्ड बैठकमा छलफल नै भएन । त्यसकारण शुक्रबार मौद्रिक नीति सार्वजनिक भएन । मौद्रिक नीतिमा सुझाव संकलन गर्दा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल र अर्थमन्त्रीमा वर्षमान पुन रहेका थिए । उनीहरूको नीति तथा कार्यक्रमलाई साथ दिने गरी लचिलो मौद्रिक नीति ल्याउने तयारी केन्द्रीय बैंकको थियो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सुझाव संकलनका सुरूवाती समयमा लचक मौद्रिक नीति ल्याउने सन्देश स्पष्ट रुपमा दिएका थिए ।

उनले सार्वजनिक समारोहहरूमा नै लचिलो नीति ल्याइने र बजारलाई चलायमान बनाइने बताएका थिए । तर गत साता सत्ता समीकरण फेरिएर प्रधानमन्त्री केपी ओली र अर्थमन्त्रीमा विष्णु पौडेल छन् । त्यसपछि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री युवराज खतिवडा छन् । गभर्नर अधिकारीले ल्याउन लागेको मौद्रिक नीतिमा प्रधानमन्त्रीका आर्थिृक सल्लाहकार खतिवडाले चासो राखेपश्चात मौद्रिक नीति सार्वजनिक गर्ने दिन लम्बिएको हो ।खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि गभर्नर अधिकारीले यसबारे थप छलफल गर्ने र आवश्यक संशोधन पश्चात नीति सार्वजनिक गर्नेछन् । त्यसका लागि अझै केही दिन लाग्ने राष्ट्र बैंक स्रोत बताउँछ ।

गभर्नर अधिकारी अर्थमन्त्री पौडेलसँग नजिकको सम्बन्ध राख्छन् । साथै डा खतिवडासँग पनि उनको दूरी नजिकको छ । अझै, खतिवडा गभर्नर बनेका बेलामा अधिकारी डेपुटी गभर्नर रहेको र पछिसम्म पनि अधिकारीलाई खतिवडाको साथ मिल्ने गरेको चर्चा हुने गरेको थियो ।
त्यसै कारण पनि अहिले गभर्नर अधिकारीले खतिवडा तथा समग्र एमालेप्रति नजिक रहन खोजेको कतिपयले चर्चा गरेका छन् ।
अधिकारीले गभर्नरको कार्यकाल दोहोराउन चाहेको र त्यसका लागि अहिले नजिक बनेर काम गर्ने उपयुक्त अवसरको सुदपयोग गर्न पनि मौद्रिक नीति केही ढिला आउन लागेको जानकारहरू बताउँछन् ।

जसकारण मौद्रिक नीति आउन अझै केही दिन पर्खनुपर्नेछ । ‘अहिलेसम्म बोर्डमा छलफल नहुनुको अर्थ मौद्रिक नीति आउन अझै केही दिन लाग्छ भन्ने हो,’ राष्ट्र बैंकका एक उच्चपदस्थ अधिकारीले बताए । यद्यपी अहिलेसम्म यसबारे छलफल नभएकाले केही अनिश्चित जस्तो भएको छ । ती अधिकारी भन्छन्, ‘सम्भवतः यसै साताको अन्तिमसम्ममा मौद्रिक नीति आउन सक्छ, तर यो अनुमान मात्र हो ।’ गभर्नर अधिकारीले विगतमा लचिलो किसिमको मौद्रिक नीति आउने बताउँदै आएका थिए । तर सत्ता समीकरण बदलिने अवस्था आएसँगै उनले आफ्नो बोली फेरेका थिए ।

बाहिर मौद्रिक नीति लचिलो आउँछ भन्ने हल्ला चलेपनि अर्थतन्त्रको अवस्था अनुसारको मौद्रिक नीति ल्याइने बताएका थिए । उनले भनेका थिए,‘मौद्रिक नीति कस्तो आउँछ अहिल्यै भन्न सकिँदैन, तर जस्तो आउँछ अर्थतन्त्रको अवस्था अनुसारको आउँछ ।’
चालु आवको बजेटमा नै अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याइने उल्लेख गरिएको छ । जुन बजेट निवर्तमान अर्थमन्त्री वर्षमान पुनले ल्याएका हुन् ।

तत्कालमा एमालेसमेतको समर्थनमा आएको सो बजेटलाई नै अहिले पनि निरन्तरता दिने अर्थमन्त्री पौडेलले बताइसकेका छन् । तसर्थ, चालु आवको मौद्रिक नीतिमा धेरै फेरबदल त हुने सम्भावना छैन । तर, खतिवडाको चाहना बमोजिम केही संशोधन हुन सक्ने जानकारहरू बताउँछन् ।

अर्थसमिति बैठकमा पनि गभर्नर अधिकारीले गिरेको व्यवसायिक मनोबल उठाउने गरी मौद्रिक नीति ल्याइने बताएका थिए । उनले मौद्रिक नीतिको प्रयास बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने भएको बताएका कारण मौद्रिक नीति लचक आउनेमा अहिले निजी क्षेत्र लगायत सरोकारवाला ढुक्क छन् । त्यसैको असर स्वरुप अहिले सेयर बजार पनि निरन्तर उकालो लाग्दै आइरहेको छ । अर्थतन्त्रको सुस्ततालाई चिर्नका लागि मौद्रिक नीतिले भूमिका खेल्नुपर्नेमा सबैले जोड दिइरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS