काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको शेयरभाउ लगातार बढिरहेको छ। आज यो कम्पनीको शेयरभाउ प्रतिकित्ता ५७ हजार रुपैयाँ नजिक पुगेको छ। जुन हालसम्मकै उच्च हो।
साताको पहिलो दिन आइतबार कारोबार खुलेको १ घन्टामै युनिलिभर नेपालको शेयभाउ ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। योसँगै प्रतिकित्ता शेयर ५६ हजार ८०५.८० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।
मार्केट डेप्थमा हेर्दा अहिले खरिदतर्फ २० कित्तामात्रै पोष्ट भएको छ भने बिक्रीतर्फ ३२० पोष्ट गरिएको छ।
युनिलिभर नेपालको शेयरभाउ शेयर बजारमा सबैभन्दा बढी रहेको छ।