IME Life

निरन्तर घाटामा रहेको भारतीय वायूसेवा स्पाइस जेटमा ५० अर्ब रूपैयाँ पूँजी थपिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निरन्तर ६ वर्षदेखि घाटामा रहेको भारतको निजी क्षेत्रको वायू सेवा कम्पनी स्पाइस जेटको वित्तीय सबलता सुधार गर्न ३० अर्ब  भारतीय रूपैयाँ (४८ अर्ब नेपाली रूपैयाँ) पूँजी थप्ने प्रस्ताव सञ्चालक समितिले अनुमोदन गरेको छ । वायूसेवाले यो लगानी योग्य संस्थागत लगानीकर्तामार्फत यो पूँजी जुटाउँनेछ ।

स्पाइस जेटले आफ्नो वासलातलाई बलियो बनाउन र वर्षौं पछि आफ्नो सञ्चालनलाई ट्र्याकमा फर्काउन पूँजीको प्रयोग बढाउने तयारी गरिरहेको छ। यो नयाँ पूँजी कोषले परिचालन दक्षता सुधार गर्न र प्रविधिमा सुधारको लागि भुक्तानी गर्न मद्दत गर्ने बताएको छ । साथै नयाँ विमान खरिद गर्नका लागि पनि प्रयोग गरिनेछ ।

Prabhu
Crest

स्पाईस जेटले मुम्बइ स्टक एक्सचेन्जमा पेश गरेको जानकारीमा सञ्चालक समितिको निर्णयमा कुन मूल्यमा शेयर बिक्री गर्ने भन्ने कुरा भने खुलाएको छैन ।

साप्ताहिक उपलब्ध सीट क्षमताका आधारमा स्पाइस जेट हाल भारतको छैटौं ठूलो घरेलु एयरलाइन हो । भारतमा स्पाइस जेटभन्दा माथि इण्डिगो, एयर इण्डिया, भिस्टारा, एआएक्स कनेक्ट र आकाशा एयर छन् । पछिल्लो समयमा स्पाइस जेटको आन्तरिक बजार हिस्सा घटेको छ । मे २०२३ मा ५.४ बाट मे २०२४ मा आइपुग्दा ४ प्रतिशतमा झर्यो । यसको बेडामा रहेका जहाजमध्ये ठूलो संख्यामा जहाज थन्किएकाले सेवा बिस्तारमा जुधि रहेको छ।

सीएच-एभिएसन फ्लीट्सको तथ्याङ्क अनुसार स्पाइसजेटका ५६ वटा विमानमध्ये ३५ वटा थन्काइएका छन् । तीमध्ये पाँचमध्ये तीनवटा B737-700, तीनवटै B737-700 (BDSF), सात B737-8 मध्ये तीनवटा, चौध B737-800s मध्ये पाँचवटा, तीनवटै B737-900ERs, र चौबीसवटा DHC-8-Q400s मध्ये अठारवटा विमान प्रयोगविहीन अवस्थामा रहेका छन् ।

सीएच-एभिएसनका अनुसार एयरलाइन्सले विमानको अभावपूर्ती गर्नका लागि ७ वटा विमान वेट लिजमा लिएर विमानको संख्या २८ पुर्‍याएको छ ।

स्पाइसजेटले पछिल्लो त्रैमासिक र वित्तीय वर्षको नतिजा प्रकाशन गरेको छ।३१ मार्च २०२४ मा समाप्त भएको आर्थिक वर्षमा यसले भारू ४ अर्ब २३ करोड भन्दा बढी संचित नोक्सानी व्यहोर्नु परेको छ। जुन अघिल्लो वर्षको लागि गणना गरिएको भारू १५ अर्ब १३ करोड नोक्सानीको तुलनामा सुधार हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS