काठमाडौं । अमेरिकी डलरको भाउ पहिलेकै कीर्तिमानी उचाइमा पुगेको छ। योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३३.५५ रुपैयाँ र बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको छ। यसअघि गत डलरको भाउ त्यति नै थियो। डलरको यो भाउ हालसम्मकै उच्च हो।
डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ।
अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।