काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५९ दशलमव ६८ अंकले बढेर २४२४ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, आँखुलोला जलविद्युत, नेपाल फाइनान्स,उपकार लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।