Connect IPS
IME Life

निसानले ल्यायो आकर्षक लुक्समा नयाँ एसयूभी, सीधा टक्कर फर्च्युनर र ग्लस्टरसँग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। आफ्नो एकमात्र कार म्याग्नाइट लिएर भारतीय बजारमा प्रवेश गरिरहेको निसान इन्डियाले लामो समयपछि अन्ततः आफ्नो नयाँ एसयूभी निसान एक्स–ट्रेल ल्याएको छ। हाल कम्पनीले यो एसयूभीमात्र प्रदर्शन गरेको छ। यसको मूल्य पनि चाँडै घोषणा गरिनेछ।

निसान एक्स–ट्रेल लामो समयदेखि प्रतीक्षामा थियो र कम्पनीले यसलाई कम्प्लिट बिल्ट युनिट (सीबीयू) मार्गबाट भारतमा ल्याउने तयारी गरिरहेको छ। हाल कम्पनीको पोर्टफोलियोमा एउटामात्र कार छ, म्याग्नाइट। जुन विभिन्न भेरियन्टमा उपलब्ध छ।

Prabhu
Crest

निसान एक्स–ट्रेलको यो चौथो पुस्ताको मोडल मूलतया कम्पनीको सीएमएफ–सी प्लेटफर्ममा आधारित छ। जुन सन् २०२१ देखि विश्व बजारमा बिक्री हुँदैछ। यद्यपि, विदेशी बजारमा यो एसयूभी ५–सिटर र ७–सिटर सिटिङ लेआउटमा आउँछ। तर, भारतीय बजारमा थ्री–रो भर्सन अर्थात् ७ सिटर भेरियन्टमात्र ल्याएको छ।

यो फुल साइजको एसयूभी लुक्स र डिजाइनका हिसाबले धेरै राम्रो छ। यसमा स्प्लिट हेडल्याम्प, भि–मोसन ग्रिल रहेको छ। जसलाई कम्पनीले डार्क क्रोमले सजाएको छ। प्लास्टिक क्लेडिङसहितको गोल आकारको ह्विल आर्चले यसको साइड प्रोफाइललाई स्मार्ट लुक दिन्छ। यसबाहेक यसमा डायमन्ड कट अलोय ह्विल दिइएको छ। एसयूभीको पछाडिको भागमा राउन्ड एलईडी टेल ल्याम्प देख्न सकिन्छ।

निसानले सार्वजनिक गरेको टिजरका अनुसार यो एसयूभीमा डुअल प्यानोरामिक सनरुफ, डुअल जोन क्लाइमेट कन्ट्रोल, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १२.३ इन्चको ड्राइभर डिस्प्ले, वाचलेस स्मार्टफोन चार्जर, कीलेस इन्ट्री र पुस बटन स्टार्टजस्ता सुविधा दिइएको छ। यसका अलावा ड्राइभिङ मोड, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड फंक्सन र क्रुज कन्ट्रोलजस्ता फिचरले यसलाई अझ राम्रो बनाउँछ।

कम्पनीले यस एसयूभीमा ३६० डिग्री क्यामेरा र प्याडल सिफ्टर पनि उपलब्ध गराएको छ। यसबाहेक, दोस्रो पंक्तिको सिटलाई ४०ः२०ः४० को अनुपातमा फोल्ड गर्न सकिन्छ। यी सिट स्लाइडिङ र रिक्लिनिङ फंक्सनका साथ आउँछन्। प्रयोगकर्ताले तेस्रो पंक्तिको सिटलाई ५०ः५० अनुपातमा विभाजन गर्न सक्छन्।

कम्पनीले यस एसयूभीमा १.५ लिटर क्षमताको तीन सिलिन्डर टर्बो पेट्रोल इन्जिन उपलब्ध गराएको छ। जुन १२भी माइल्ड हाइब्रिड प्रणालीमा जोडिएको छ। यो इन्जिनले १६३ एचपी पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन सिफ्ट–बाई–वायर सीभीटी अटोमेटिक ट्रान्समिसन गियरबक्समा जोडिएको छ।

लन्च हुनुअघि नै यसको मूल्यबारे केही भन्न गाह्रो भए पनि निसानले भारतीय बजारमा लगभग ४० लाख रुपैयाँको प्रारम्भिक मूल्यमा आफ्नो नयाँ एक्स–ट्रेल लन्च गर्न सक्ने अनुमान गरिएको छ।

निसान एक्स–ट्रेलले बजारमा टोयोटा फर्च्युनर, एमजी ग्लोस्टर र स्कोडा कोडियाकजस्ता एसयूभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ। तर, इन्जिन र पावर आउटपुटका हिसाबले यो एसयूभी अलि पछाडि रहेको देखिन्छ। टोयोटा फर्च्युनरमा कम्पनीले २.७ लिटर पेट्रोल इन्जिन दिएको छ। जसले १६६ पीएस पावर र २४५ एनएम टर्क जेनेरेट गर्छ। जब कि एमजी ग्लोस्टरमा यसले २.० लिटर टर्बो–डिजेल इन्जिन (१६१ पीएस÷३७३.५ एनएम) र स्कोडा कोडियाकमा २.० लिटर टर्बो–पेट्रोल इन्जिन (१९० पीएस÷३२० एनएम) पावर आउटपुट दिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS