काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दैछ । कम्पनीले साउन ८ गतेदेखि १० गतेसम्म तीन दिने लघु निर्जीवन बीमाअभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।
तालिम बिहान १० बजेदेखि अनलाइन तथा भौतिक उपस्थितिबाट हुने जनाइएको छ । छ । तालिम काठमाडौंको दरबारमार्गस्थित कम्पनीको प्रादेशिक कार्यालयमा सञ्चालन गरिने छ । तालिम लिन ईच्छुकले कम्पनीको ग्लोबल लाइएमई बैंक कमलादी शाखाको बैंक खातामा ५ सय रुपैयाँ जम्मा गर्नुपर्ने जनाएको छ ।
उक्त तालिममा सहभागि हुनका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक व्यक्तिले आवश्यक कागजात सहित प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयमा साउन ६ गतेभित्र भित्र सम्पर्क गर्न कम्पनीले भनेको छ ।