Connect IPS
IME Life

मन्दीमा पनि जीवन बीमा क्षेत्रको व्यापार वृद्धि ९ प्रतिशत, सरकारीको परफरमेन्श भने खराब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ व्यवसायबाट प्राप्त हुने जीवन बीमा कम्पनीको आम्दानी गत आर्थिक वर्ष २०८०।८१  मा जम्मा ९.७० प्रतिशतले वृद्धि भएको छ। प्रथम बीमाशुल्क आम्दानीमा ९ वटा जीवन बीमकले व्यवसाय वृद्धि गर्दा ५ वटा बीमकको आम्दानी घटेको छ।

नेशनल लाइफ इन्स्योरेन्सले सर्वाधिक ३०.५८ प्रतिशतले प्रथम बीमाशुल्क आम्दानी बढाउन सफल भएको छ। यसले ५ अर्ब ५ करोड ६१ लाख रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। दोश्रोमा एशियन लाइफ इन्स्योरेन्सले २४.८५ प्रतिशतले प्रथम बीमाशुल्क आम्दानी बढाएर १ अर्ब ५४ करोड रूपैयाबाट १ अर्ब ९२ करोड रूपैयाँ पुर्‍याएको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा यसको प्रथम बीमाशुल्क आम्दानी उल्लेख्यरूपमा खुम्चिएको थियो ।

Prabhu
Crest

व्यापार बढाउनेमा तेश्रो रोल क्रममा नेपाल लाइफ इन्स्योरेन्स रह्यो । यसले २०.९९ प्रतिशतले प्रथम बीमाशुल्क आम्दानी बढाउँदै ७ अर्ब ९४ करोड ३३ लाख रूपैयाँ कमाएको छ।

हिमालयन लाइफले १२.५६ प्रतिशतले व्यापार बढाउँदै वृद्धि दरका हिसाबमा चाैश्रो स्थानमा रह्यो। हिमालयन लाइफले अघिल्लो आव २०७९।८० मा २ अर्ब २८ करोड ५४ लाख रूपैयाँ कमाएकोमा गत आवमा २ अर्ब ५७ करोड२४ लाख रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ।

आइएमइ लाइफ इन्स्योरेन्सले पनि दोहोरो अंकमा वृद्धि दर हासिल गरेको छ।यसको प्रथम बीमाशुल्क आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ११.७८ प्रतिशतले बढेर १ अर्ब ६० करोड २१ लाख रूपैयाँ पुग्यो ।

प्रथम बीमाशुल्क आम्दानी रकमका हिसाबले तेश्रो स्थानमा रहेपनि एलआइसी नेपालको वृद्धि दर जम्मा ९ प्रतिशतमा सीमित रह्यो । यसले अघिल्लो आवमा २ अर्ब ३८ करोड ६० लाख रूपैयाँ आम्दानी गरेकोमा गत आवमा २ अर्ब ६० करोड ४८ लाख रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको छ। यसको वृद्धि दर जीवन बीमा कम्पनीहरूको औसत वृद्धि दरको नजिक रहेको छ।

आर्थिक मन्दीका कारण व्यापारिक गतिविधिमा संकुचन र अनियन्त्रित महँगीले गर्दा गत आर्थिक वर्षमा औसत वृद्धिदर नकारात्मक हुन सक्ने अनुमान गरिएको थियो । पछिल्लो समयमा माैद्रिक तरलता बढ्नुका साथै वैदेशिक रोजगारी बीमा, एकल बीमाशुल्क र म्यादी बीमालेखको बिक्रीले जीवन बीमकलाई थोर बहुत भएपनि राहत प्रदान गरेको छ।

खस्कियो सरकारी कम्पनीको व्यापारः

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार खस्किएको छ। संस्थानबाट लिमिटेड कम्पनीबाट परिणत भएको यो कम्पनीको प्रथम बीमाशुल्क आम्दान २०.४८ प्रतिशतले खुम्चिएको छ। अघिल्लो आवमा ९५ करोड ३० लाख ७९ हजार रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेकोमा गत आवमा जम्मा ७५ करोड ७९ लाख रूपैयाँमा सीमित हुन पुग्यो ।

निजामती कर्मचारी र सरकारी स्वामित्वका संस्थाका कर्मचारीको बीमामा एकाधिकार जस्तै रहे पनि राष्ट्रिय जीवन बीमा कम्पनीले सन्तोषजनक व्यापार भने गर्न सकेको छैन। हालै मात्र यसले घोषणा गरेको नयाँ बोनश दरका कारण चालू आर्थिक वर्ष २०८१।८२ मा व्यापार प्रवर्द्धनमा केही वृद्धि हुन सक्ने आशा गर्न सकिन्छ।

निजी क्षेत्रको सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय ११.३८ प्रतिशतले खुम्चिएको छ। गत आवमा दोहोरो अंकमा व्यापार खस्किनेमा निजी क्षेत्रको यो एक मात्र जीवन बीमक रह्यो । वैदेशिक रोजगार बीमाबाट ठूलो हिस्सा प्राप्त गर्दै आएकोमा अन्य बीमकले धमाधम खोस्न थालेपछि नयाँ व्यापारवापतको आम्दानी खस्किंदै गएको हो ।

वैदेशिक रोजगार बीमावापतको पुल संयोजनको जिम्मा पाएपछि डिजिटल वालेटको आड पाएर वैदेशिक रोजगार व्यापारमा केही समय एकाधिपत्य कायम गरेकोमा अहिले अन्य जीवन बीमक नेपाल लाइफ, सिटिजन लाइफ, आइएमइ लाइफ, एशियन लाइफ पनि आक्रामकरूपमा यो व्यापारमा केन्द्रित भई दिएपछि सन नेपाललाई अप्ठेरो पर्न थालेको हो।

सूर्यज्योती लाइफ, प्रभु महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफको व्यापार एकल अंक प्रतिशतमा खुम्चिएको छ। सूर्यज्योतीको ६.८९, प्रभु महालक्ष्मीको ४.८ र रिलायबल नेपालको २.०५ प्रतिशतले प्रथम बीमाशुल्क आम्दानी खुम्चिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS