काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गर्ने बीमा अभिकर्ताको तालिमको विस्तृृत विवरण वेभसाइटमा राखेको जनाएको छ ।
कम्पनीले केन्द्रीय, प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने जनाएको छ । उक्त तालिममा सहभागि हुनका लागि एसएलसी वा सो एसईई उत्तीर्ण गरेकाले तालिम लिन पाउनेछन् । तालिम लिनका लागि आफुलाई पायक पर्ने कम्पनीको कार्यालयमा शाखा कार्यालय, प्रदेश कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।