Connect IPS
IME Life

विश्वमा यी ५ कम्पनीका शेयरले गर्छन् राज, कनेक्सन एउटै देशसँग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिका आर्थिक रुपमा सुपर पावर भएकाले यसको अर्थतन्त्र निकै बलियो छ। अमेरिकाको बलियो अर्थतन्त्रमा अमेरिकी कम्पनीहरुको ठूलो योगदान छ। अहिले पनि हेर्ने हो भने अमेरिकी कम्पनीहरुले हरेक क्षेत्रमा प्रभुत्व जमाउँछन्। यतिमात्र होइन विश्वभर अमेरिकी कम्पनीहरुको प्रभुत्व छ।

एप्पल

Prabhu
Crest

एप्पल कम्पनीका धेरैजसो मोबाइल विश्वभर प्रयोग हुने गरेको छ। एप्पल कम्पनी अमेरिकामा मात्र नभई विश्वभर चर्चित छ। हाल यो अमेरिकी कम्पनी विश्वको सबैभन्दा ठूलो कम्पनी हो। एप्पल कम्पनी सन् १९७६ अप्रिल १ मा स्थापित भएको थियो। आज एप्पल मोबाइल फोन बजारको राजा हो। बजार पुँजीकरणको हिसाबले एप्पल विश्वकै नम्बर १ कम्पनी हो। आज जुलाई १७ को तथ्यांकअनुसार एप्पलको बजार पुँजीकरण ३.६ ट्रिलियन डलर छ। यस कम्पनीलाई यो स्थितिमा ल्याउने श्रेय स्टिभ जब्सलाई जान्छ। यस कम्पनीमा लगभग १ लाख ६१ हजार कर्मचारी छन्।

माइक्रोसफ्ट

एप्पलपछि माइक्रोसफ्ट विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो। माइक्रोसफ्ट अमेरिकी शेयर बजारमा सबैभन्दा बढी कारोबार हुने कम्पनी हो। आज जुलाई १७ मा अमेरिकी शेयर बजारमा माइक्रोसफ्टको बजार पुँजीकरण ३.३४ ट्रिलियन डलर छ। यो कम्पनी घरेलु विन्डोज सफ्टवेयरबाट सुरु भएको थियो। जुन आज विश्वभर आफ्नो सफ्टवेयरका लागि परिचित छ। यस कम्पनीमा २ लाख २१ हजार कर्मचारी छन्। यसको स्थापना बिल गेट्सले सन् १९७५ अप्रिल ४ मा गरेका थिए।

एनभिडिया

एनभिडियाले कुनै समय कम्प्युटरहरुका लागि ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) का रुपमा काम गरेको थियो। अहिले एआईको क्षेत्रमा द्रुतगति अगाडि बढ्ने कम्पनीहरुमध्ये एउटा रहेको छ। पछिल्लो समय यो कम्पनीले आफ्नो व्यवसायलाई तीव्र गतिमा परिवर्तन गरेको छ। जसका कारण यसको बजार पुँजीकरण ३.११ ट्रिलियन डलर पुगेको छ। एनभिडिया करिब ३० वर्ष पुरानो कम्पनी हो। यसमा करिब ३० हजार कर्मचारी कार्यरत छन्। एनभिडियाले गेमिङ कम्पनीका रुपमा आफ्नो व्यवसाय सुरु गरेको थियो। तर, त्यसपछि कम्पनीले सफलतापूर्वक आफूलाई एआई कम्पनीमा परिणत गरेको छ। एनभिडियाका जीपीयूहरु स्बड्राइभिङ कार, फेसियल रिकग्निसनदेखि नेचुरल ल्यांग्वेज प्रोसेसिङ एनआई एप्लिकेसनमा व्यापक रुपमा प्रयोग गरिन्छ।

गुगल

गुगल पनि एक अमेरिकी कम्पनी हो। यसको मुख्यालय क्यालिफोर्नियामा रहेको छ। गुगलको स्थापना सन् १९९८ मा ल्यारी पेज र सर्गेई ब्रिनले गरेका थिए। हाल गुगलमा १ लाख ८० हजार कर्मचारी छन्। हाल यस कम्पनीको बजार पुँजीकरण २.२८ ट्रिलियन डलर छ। यसले इन्टरनेटमा आधारित धेरै सेवा र प्रडक्ट विकास गर्दछ। गुगलले विश्वभरका डाटा सेन्टरबाट १० लाखभन्दा बढी सर्भर चलाउँछ र १० अर्बभन्दा बढी खोज अनुरोध र उपभोक्ता डाटाको पेटाबाइटहरु स्टोरेज गर्दछ।

अमेजन

अमेजन एउटा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो। जुन विश्वका ई–कमर्स कम्पनीहरुमध्ये पहिलो नम्बरमा छ। यो मुख्यतया एक अनलाइन स्टोर हो। जहाँ जोकोहीले आफ्नो सामान बेच्न सक्छ र जोकोहीले ती सामानहरु किन्न सक्छ। हाल अमेजनको बजार पुँजीकरण २.०१ ट्रिलियन डलर छ। अनलाइन पुस्तक बिक्रीबाट सुरु भएको यो कम्पनीले आज विश्वभर हरेक वस्तु बिक्री गरिरहेको छ। यस कम्पनीका संस्थापक जेफ बेजोस हुन्। अमेजनका करिब १५ लाख कर्मचारी छन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS