Connect IPS
IME Life

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालू आर्थिक वर्ष २०८०/८१ मा ७ वटै प्रदेशमा रहेका विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

कम्पनीले कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखाहरु मार्फत विभिन्न उमेर समूहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरि विभिन्न वर्गलाई वित्तिय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेको हो ।

Prabhu
Crest

कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत रुपमा प्रकाश पारिएको थियो । यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको कम्पनीले जनाएको छ ।

नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत सहभागीहरुलाई आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास लिएको छ ।

साथै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । विभिन्न शाखा कार्र्यालयमार्पmत कम्पनीले विभिन्न विद्यालय र संघ संस्थालाई सहयोग प्रदान गरेको छ । जसअन्तर्गत कम्पनीको चामे शाखाले मनाङमा अवस्थित श्री लोकप्रिय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई न्यानो स्वेटर उपलब्ध गराएको छ ।

त्यस्तै कोहलपुर शाखाले कौसिल्य अस्पताल कोहलपुर, बाँके सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सामान्य चिकित्सा र आँखाको जाँच तथा निःशुल्क औषधी बितरण गरिएको सो स्वास्थ्य शिविरबाट करिब १०० जना व्यक्तिहरु लाभान्वित भएका छन् । साथै कम्पनीको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई ५ थान ३ सिटर बेन्च उपलब्ध गराएको छ ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा एटीएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव १८ लाख ग्राहकसमक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS