काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना ४ जना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
बैंकले तोकेको उक्त समयावधिभित्र बैंकका कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन पेश नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बताएको छ ।