काठमाडौं । प्रभु क्यापिटलले हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आफ्ना हितग्राही खाताधनीहरुलाई बुझाउन बाँकि वार्षिक १ सय रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
प्रभु क्यापिटल तथा आफुलाई पायक पर्ने प्रभु बैंक लिमिटेड तथा विभिन्न शाखा कार्यालयमा सम्पर्क राखी यस क्यापिटलको नाममा रहेको प्रभु बैंक कमलादी खाता १११००६३१८१६०००९३ मा हितग्राही खातावालाको नाम थर र हितग्राही खाता नम्बर तथा कुन आर्थिक वर्षको शुल्क हो अनिवार्य उल्लेख गरी असार ३२ गतेभित्र बुझाउन आग्रह गरेको छ ।
मेरो शेयर खाताको नविकरण शुल्क प्रभु पे, इसेवा, खल्ति, कनेक्ट आइपिएस तथा आइएमई पे मार्फत भुक्तानी गर्न सकिनेछ । मेरो शेयर लिएका हितग्राहीधनीले सो संचालनमा आएको एक वर्षको अवधिभित्र ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ अन्यथा सेवा स्वत बन्द हुनेछ ।