काठमाडौं । आज साताको दोस्रो दिन सुनको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।