Connect IPS
IME Life

अर्थमन्त्री पुनको बिदाईमा गभर्नर र दुई सचिवले गरे प्रशंसा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री वर्षमान पुन गौरबका साथ मन्त्रालयबाट बिदा भएको बताएका छन् ।
आइतबार मन्त्री पुनको बिदाइमा आयोजित कार्यक्रममा उनले बजेटमार्फत सूचना प्रविधिसहित केही नयाँ र आशा लाग्दा कार्यक्रम ल्याएको भन्दै मन्त्री पुनको प्रशंसा गरे ।

‘बजेट धेरै मिहेनत र इमान्दारीताका साथ आएको छ । आइसीटीसहित धेरै विषय राम्रा आएका छन् । यसमा मन्त्रालयले मार्केटिङ गर्नुपर्ने देखेको छु’, उनले भने, ‘मलाई लाग्छ मन्त्रीज्यू मन्त्रालयबाट गौरबका साथ बिदा भइराख्नुभएको छ जस्तो लाग्छ । सहजता, सौहार्दता र नेतृत्वका लागि आभार छ । मन्त्रीज्यूको सरल व्यवहार र सौहार्दता तारिफ गर्न लायक छ ।’ राजनीतिज्ञको बिदाईमा धेरै गम्भीर हुन जरुरी नरहेको भन्दै उनले यस्ता अवसर फेरि आउन सक्ने औंल्याए ।

Prabhu
Crest

चालु आर्थिक वर्षको त्रैमाशि समीक्षा गर्दा मन्त्री पुनले दिएको सुझावलाई राष्ट्रबैंकले अनुशरण गरेको भन्दै त्यसका लागि उनले धन्यवाद दिए । विगतमा पनि सरकार बाहिर रहँदा पुनले संसदको अर्थसमिति वा अरु प्रक्रियामार्फत अर्थतन्त्रका लागि योगदान दिएको स्मरण गर्दै आगामी दिनमा पनि उनको योगदान रहने विश्वास व्यक्त गरे ।

बिदाई कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले मन्त्री पुनको शालिन व्यक्तित्व र भद्रपनाको मन्त्रालय परिवार प्रशंसक रहेको उल्लेख गरे । कर्मचारीका सुझावलाई विज्ञका सुझावका रुपमा स्वभाविक रुपमा ग्रहण गर्ने र जस्तोसुकै कठिन परिस्तिथिमा पनि नआत्तिने पुनको विशेषता लोभलाग्दो रहेको बताए । ‘हामी कर्मचारीका सुझावलाई विज्ञका सुझावका रुपमा अत्यन्तै स्वभाविक रुपमा स्वीकार गर्ने बानी छ । जस्तोसुकै परिस्थितिमा पनि नआत्तिने बानी उहाँबाट सिक्नुपर्ने बानी हो ।

बजेट निर्माणको अन्तिम दिनहरुमा धेरै चापको समयमा समेत मन्त्री पुन मुस्कुराइरहेको देख्दा आफूहरुको हौसला बढेको स्मरण उनले गरे ।
पुनको नेतृथ्वमा अन्तर्राष्टि रुपमै महत्वपूर्ण विश्वबैंक समूहको आइडिए–२१, बैठक, तेश्रो लगानी सम्मेलन र बजेट निर्माण प्रक्रियाको कुशलतापूर्वक नेतृत्व गरेको भन्दै उनले मन्त्री पुनको प्रशंसा गरे ।

राजश्वसचिव डा. रामप्रसाद घिमिरेले मन्त्री पुनको कार्यकाल छोटो भए पनि नीतिगत सुधारका कामहरु भएको उल्लेख गरे । पुनसँग काम गर्न धेरै सहज अनुभव भएको भन्दै उनले निर्देशनभन्दा बढी सुझाव दिएको जस्तो शैलीमा काम गराउने तरिका मन परेको सुनाए । ‘उहाँसँग काम गर्दा कहिल्यै दबाबको महसुस भएन’, उनले भने, ‘निर्देशनात्मक भन्दा पनि सुझाव दिने र निर्णय लिनुअघि कर्मचारीसँग परामर्श गर्ने शैली राम्रो रहेछ ।’ मन्त्री पुनमा देशको आवस्यकता र अर्थतन्त्रबारे गहिरो बुझाई रहेको भन्दै आफ्नो अनुभव र क्षमतालाई सरकारबाहिर रहेर पनि मुलुकको हितमा लगाउन सुझाए ।

बिदाई कार्यक्रममा गभर्नर अधिकारी, सचिवद्वय मरासिनी र घिमिरे, महालेखा परीक्षक विनोद सिंह, मन्त्री पुनका वरिष्ठ आर्थिक सल्लाहकार डा। सूर्यबहादुर थापा, मन्त्रालयका सबै महाशाखा प्रमुख, आन्तरिक राजश्व विगाग र भन्सार विभाग प्रमुखसहित सबै सहसचिव, उपसचिव र शाखा अधिकृतभन्दा माथिका सबै कर्मचारी उपस्थित थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS