काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाइ उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
यसैक्रममा ओम कुमार गुरुङको जन्मदिनमा श्रीमान रिता गुरुङले असार २९ गतेको जन्मदिनमा ५ लाखको बीमा पोलिसी उपहार दिएकी छन् । आईएमई लाइफको सरल सवधिक पोलिसी उपहार दिएका हुन् ।
उक्त पोलिसी आइएमई लाइफका बिराटचोक शाखा प्रमुख यामनाथ दाहाल र अभिकर्ता, सिनियर एजेन्सी म्यानेजर कमल बहादुर गुरुङको उपस्थितिमा पोलिसी हस्तान्तरण गरेका हुन् ।
जन्मदिनको सुभकामना दिँदै शाखा प्रमुख यामनाथ दाहालले रिता गरुङ, र ओम कुमार गुरङ लाई बिलासीको सामाग्री उपहार दिने सट्टामा बीमा पोलेसी दिदा बचतको विकाससँगै भोलि आउने जोखिमको समेत सुरक्षा कवरेज गरेको हुँदा धन्यबाद दिए ।