काठमाडौं । विवाह, ब्रतबन्ध, वैवाहि वर्षगाँठ, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । तर पछिल्लो समय समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
यसैबीच ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ६ निवासी शेसकुमार दाहल र जानुका काफ्ले दाहलले आफ्नो छोरा सर्जक दाहलको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले छोराको तेस्रो जन्मदिनको अवसरमा एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखाबाट सुनौलो बाल भविष्य बीमा योजना उपहार स्वरुप दिएको शाखा प्रबन्धक अशोकराज गिरीले जानकारी दिए ।
सर्जकका बुवा आमाले उक्त बीमा पोलिसी अभिकर्ता राधा कुमारी दाहल मार्फत खरिद गरेका हुन् । बालबालिकाको बीमा गर्दा प्रस्तावकको समेत जोखिम बहन हुनुको साथै प्रस्तावकलाई भवितव्य परेमा बीमाशुल्क छुट हुने, मासिक पढाई खर्च, बीमाङ्कको १ प्रतिशत कम्पनीले दिने र तिरिरहेको किस्ताको बोनश समेत पाइने शाखा प्रबन्धक गिरीले बताए ।