Connect IPS
IME Life

पत्रकार तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थप्रधान अनलाइन ‘अर्थपथ डटकम’ का सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्।

सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड–२०८० का अवसर पारेर आर्थिक पत्रकार तारुकेलाई राष्ट्रिय पत्रकारीता सम्मानबाट सम्मानित गरिएको हो। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त सम्मान प्रदान गरेका थिए। विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्।

Prabhu
Crest

समाजको परिवर्तनका लागि पत्रकारिता पुर्याएको योगदानको उच्च मूल्यांकनसहित उनलाई सम्मान गरिएको हो। प्रेस चौतारी नेपालका केन्द्रीय सचिवसमेत रहेका तारुके त्रिशूली प्रवाह साप्ताहिक पत्रिकाका समेत सम्पादक हुन्। उनले मोफसलदेखि केन्द्रीयस्तरमा समेत विगत २३ वर्षदेखि पत्रकारिता गर्दै आएका छन्। उनी पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहनेहरुका लागि मार्ग निर्देशकसमेत हुन्।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरुको महत्वपूर्ण भूमिका हुने बताए। ‘समाज रुपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ। नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो’, पोखरेलले भने, ‘म सम्पूर्ण कलाकर्मी साथीहरुलाई भन्न चाहन्छु, देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो।’

पोखरेलले भूराजनीति संवेदनशीलताले किच्न खोजेकाले यसप्रति सचेत र संवेदनशील हुन आव्हानसमेत गरे। उनले भने, ‘हाम्रो देश कहिल्यै कसैको गुलाम भएन। त्यसैले स्वतन्त्रता दिवस मनाउँदैनौँ। हामीलाई भूराजनीति संवेदनशीलताले किच्न खोज्दैछ। यसमा हामी पनि सचेत हुनुपर्छ।’

पार्टी र सिद्धान्त छोडेर कलाकाहरु पनि राष्ट्र निर्माणमा एक हुनुपर्ने पोखरेलले बताए।

कार्यक्रममा विभिन्न विद्याका रंगकर्मी कलाकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। गत वर्ष २०७९ मा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो। २३ वटा विधामा दर्जनौँ चर्चित तथा नवकलाकार सम्मानित भएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS