Connect IPS
IME Life

बीमा कम्पनीले निष्काशन गर्दैछन् ९ अर्ब रूपैयाँको हकप्रद शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नियामकीय प्रावधान अन्तर्गत न्यूनत्तम चुक्ता पूँजी वृद्धिको लक्ष्य भेट्टाउन नसकेका बीमकहरू हकप्रद शेयर निष्काशनको तयारीमा छन् । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुरा गर्ने भाका पटक पटक सार्दै आएका बीमकले हकप्रद शेयरमार्फत् चालू आर्थिक वर्षभित्र निष्काशन कार्य पुरा गरि सक्नुपर्नेछ ।

जीवन बीमकतर्फ ४ र निर्जीवन बीमकतर्फ ५ कम्पनीले हकप्रद शेयर जारी गर्नका लागि आवश्यक प्रकृया अघि बढाई सकेका छन् । जीवन बीमकमध्ये भारतीय संयुक्त लगानीको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको घोषणा गरि सकेका छन् ।

Prabhu
Crest
श्रोतः नेपाल बीमा प्राधिकरण र सम्बन्धित बीमकको वेबसाइट

निर्जीवन बीमकमध्ये नेपाल इन्स्योरेन्स, नेको इन्सुरेन्स, एनएलजी इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्दैछन् । यीमध्ये प्रभू इन्स्योरेन्सले क्रेडिट रेटिङ पनि गराइ सकेको छ।

कर्पोरेशनले ८८.४५ प्रतिशत, एशियन लाइफले ४२ प्रतिशत, सन नेपालले २७ प्रतिशत र प्रभू महालक्ष्मीले १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछन् । हकप्रद शेयर बाँडफाँडपछि कर्पोरेशनको चुक्ता पूँजी ५ अर्ब, एशियन लाइफको ४ अर्ब ८२ करोड, सन नेपालको ५ अर्ब ३ करोड, प्रभू महालक्ष्मीको ५ अर्ब २ करोड रूपैयाँ कायम हुनेछ । यीमध्ये एशियन लाइफले चालू आ.व. २०८०।८१ को साधारण सभा चाँडै सम्पन्न गरेर बोनश शेयरका माध्यमबाट अपुग १८ करोड रूपैयाँ पूँजी जुटाउनुको विकल्प छैन ।

निर्जीवन बीमकमध्ये, एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत, नेपाल इन्स्योरेन्सले ४० प्रतिशत, नेको इन्स्योरेन्स र सानिमा जिआइसीले २५ प्रतिशत, प्रभू इन्स्योरेन्सले ५०.१५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS