IME Life
GBIME

रिलायन्स स्पिनिङको आइपीओ रोक्ने सेबोनको निर्णयलाई लगानीकर्ताले गरे स्वागत, सचेत रहन दिए सुझाव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर लगानीकर्ताका छाता संगठनहरुले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ रोक्ने नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्णयको स्वागत गरेका छन्। यसका साथै उनीहरुले आगामी दिनमा आइपीओ अनुमति दिँदा सचेत रहन पनि सुझाव दिएका छन्।

जनरल इन्भेस्टर एसोसिएसन, नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले आज संयुक्त विज्ञप्ति जारी गर्दै सेबोनको निर्णयको स्वागत गरेका हुन्। वित्तीय विवरणमा कैफियत देखिएको भन्दै प्रतिनिधसभाको सार्वजनिक लेखा समितिले स्पष्ट जबाफ पठाउन निर्देशन दिएपछि सेबोनले रिलायन्स स्पिनिङको आइपीओ बुधबार रोक्ने निर्णय गरेको थियो। कम्पनीले पनि आज सूचना जारी गरी अर्को निर्णय नहुन्जेलसम्म आइपीओ रोक्का गरेको जानकारी गराएको छ। बुक बिल्डिङ विधिबाट आइपीओ अनुमति पाएको यो कम्पनीले आजबाट विदेशमा रहेका नेपाली श्रमिकका लागि साधारण शेयर निष्कासन गर्ने जनाएको थियो।

Crest

रिलायन्स स्पिनिङको सर्वसाधारणका लागि शेयर निष्कासनको अनुमति दिँदा सेबोनलगायत अन्य सम्बन्धित निकायबाट व्यापक रुपमा आर्थिक चलखेल भई कम्पनीको वास्तविक यथार्थलाई लुकाई महँगो मूल्यमा शेयर बिक्री गर्न दिने प्रक्रियाको विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशित भएको थियो। त्यसपछि लगानीकर्ताका संघसंगठनहरुको ध्यानाकर्षण भई असार १७ गते सम्बन्धित निकायहरुमा गएर कम्पनीको वास्तविक अवस्थाको परिमार्जन नगरी सेयर निष्कासन गर्न नहुने र यसलाई तत्काल स्थगित गर्नुपर्छ भनी लिखित तथा मौखिक जानकारी गराउँदा गराइएको विज्ञप्तिमा उल्लेख छ। ‘यसलाई बेवास्था गरी असार २७ गते नै सेबोनले शेयर निष्कासन गर्न स्वीकृत दिएको सन्दर्भमा सुनवाइ गर्ने अन्य निकायको अभावमा बाध्य भई हाम्रा संघसंगठनहरुका तर्फबाट लगानीकर्ता हरिबहादुर केसी र शेयर लगानीकर्ता अधिवक्ता खुशलराम धितालले उपरोक्त सेयर निष्कासन रोक्न उच्च अदालत पाटनमा दायर गरेका थिए’, विज्ञप्तिमा उल्लेख छ, ‘संयुक्त रिटमा असार २६ गते सुनुवाइ भई सम्मानित उच्च अदालतबाट विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी भएकोमा सम्मानित न्यायालय र अन्य सहयोगी संस्था तथा शेयर लगानीकर्ता र पत्रकारप्रति आभार व्यक्त गर्दछौँ र यसबाट सर्वसाधारण लगानीकर्ता ठगिनबाट बचाउन सफल भएका छौँ।’

यस मुद्दामा बहस गर्ने अधिबक्ताहरु डा. अवतार न्यापाने, डा. केशवप्रसाद श्रेष्ठ, बासुदेव रिजाल र रपिस पोख्रेलप्रति लगानीकर्ता संघसंगठनले आभार व्यक्त गरेका छन्। ‘साथै, यस विषयलाई लिएर संसद्को सार्वजनिक लेखा समितिले देखाएको सक्रियताप्रति धन्यवाद दिन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यमा तत्कालका लागि सार्वजनिक निष्कासन रोक्नका लागि सेबोनले लिएको निर्णयको पनि हामी स्वागत गर्न चाहन्छौं र सेबोनले आगामी दिनमा कम्पनीका कमीकमजोरीलाई गहन विश्लेषण गरी शेयर निष्कासनको लागि अनुमति दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS