Connect IPS
IME Life

नेप्से २२०० माथि, कारोबार रकम ७ अर्ब नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार दोेहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार २९ दशलमव २१ अंकले बढेर २,२०४ को विन्दुमा कायम भएको छ । आज १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सिइडिबी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १४ करोड ८८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्यारेन्सको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सिटिजन सुपर ३० का इकाईधनीले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फण्डका इकाईधनीले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छ् ।

आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS