काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गत चैत १७ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
कम्पनीले असार १७ गते दोस्रो बजारमा सूचीकृत गराई त्यसपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको हो । कम्पनीले पुस १५ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको जनाएको छ ।
सो अवधिसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का राखिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ ।