Connect IPS
IME Life

बैंकिङ प्रणालीमा एकैदिन १२ अर्ब थपिँदा ३ अर्ब बाहिरियो, अन्तरबैंक ब्याजदर फेरि ३% तल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १२ अर्ब रुपैयाँ थपिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार २४ गते एकैदिन बैंकिङ प्रणाली १२ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६४ खर्ब २१ अर्ब रुपैयाँ थियो।

Prabhu
Crest

असार २४ मा भने बैंक तथा वित्तीय संस्थाहरुबाट थप ३ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन असार २३ गतेसम्म कुल कर्जा लगानी ५१ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो।

असार २४ मा वाणिज्य बैंकहरुको कुल निक्षेप भने १० अर्ब रुपैयाँले बढेर ५७ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रुपैयाँ थियो।

असार २४ मा वाणिज्य बैंकहरुबाट ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। कुल कर्जा लगानी ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४५ खर्ब ५९ अर्ब रुपैयाँ थियो।

कर्जाको मागभन्दा निक्षेप थुप्रिने क्रम बढेसँगै बैंकहरुको औसत सीडी रेसियो ७८.१३ प्रतिशत झरेको छ। असार २४ मा अन्तरबैंक ब्याजदर भने २.९३ प्रतिशतमा ओर्लेको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ३.०१ प्रतिशत थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS